(Saturday 25th of July 2026)
`

बिश्व शान्ति दिवसको अवसरमा रक्तदान

  • सगरमाथा गन्तब्य
  • 4.9K
    SHARES

    बाँकेमा श्री सतपाल जी महाराजको ७५ औं जन्मोत्सव तथा बिश्व शान्तिको दिवसको शुभअवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।  नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ कारकाँदौं स्थित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेको आयोजनामा आश्रमको सभाहलमा महिला र पुरुष गरी २९ जनाले रक्तदान गरेका छन् ।

    आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।  नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेका प्रमुख महत्मा चाँदनी बाइजी, प्रचार प्रसार प्रमुख चन्द्रकान्ता बाइजी, नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज कार्य समिति अध्यक्ष बिन्दा खरेलले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होगराज गिरी र सुनिल थापामगरलाई  रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

    आयोजित रक्तदान कार्यक्रममा नरेन्द्र शाही, एलिना मण्डल, अनुपम मण्डल, महेश सुनार, अमृत सुनार, बीेरेन्द्र गहतराज, आयुशमान राज गुप्ता, यज्ञ प्रसाद भण्डारी, हिमेश पाण्डे, अरबिन्द कुमार गुप्ता, बिजय थापा क्षेत्री, सरोज थापा, कुमारी गुरुङ्ग, धु्रराज घर्ती, क्याप्टन चौधरी, मञ्जरी प्रिया, हिमाल पंगाली, प्रादेशिक रक्त सञ्चार केन्द्रका कर्मचारी ओम प्रकाश गोडिया, गरिमा थापामगर, दिनेश थापा, प्रभित थापा, सशान्त चन्द ठकुरी, सुदम क्षेत्री, ज्ञानी चौधरी, मनिष शाक्य, श्रवण अग्रवाल, चन्द्र प्रसाद चौधरी, सुरेन्द्र चौधरी, बीरेन्द्र माल लगायतले रक्तदान गरेका थिए । भने प्राबिधिकमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, सुनिल थापामगर, सुनिता कुमाई, प्रशान्त थारु, सुस्मिता, ओम प्रकाश गोडिया, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

    कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम नेपालगन्ज, बाँकेका सचिव सृजना मल्लद्वारा सञ्चालित कार्यक्रममा आश्रमका उपाध्यक्ष मंगल जिएम, शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल र आश्रममा आवद्ध बिभिन्न स्थानबाट आएका भक्तजनहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology