(Saturday 25th of July 2026)
`

पाटेश्वरी आधारभूत बिद्यालयको अभिभावक भेला तथा पुरस्कार बितरण

  • सगरमाथा गन्तब्य
  • 4.5K
    SHARES

    नेपालगन्ज – (बाँके)  नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ भुजईगाउँ स्थित श्री पाटेश्वरी आधारभूत बिद्यालयको अभिभावक भेला, पुरस्कार बितरण तथा एस.आई.पी. तथा सामाजिक लेखा परीक्षण शुक्रवार सम्पन्न भएको छ ।
    श्री पाटेश्वरी आधारभूत बिद्यालयको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिद्यालयका शिक्षक खेमराज उपाध्यायद्वारा सञ्चालित कार्यक्रममा खेलकूद, राखी प्रतियोगितामा कक्षा ७ बाट हिना मनिहार, वक्तृत्वकला प्रतियोगितामा मनिषा मनिहार, मेंहदी लगाउने प्रतियोगितामा ममता साहू र कप फोल्ङ्गि प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा कक्षा १ बाट फतिमा मनिहार कक्षा २ बाट साजिया मनिहार, कक्षा ३ बाट नन्दनी नाउँ, कक्षा ४ बाट अली हुसेन र बालशिक्षाबाट अन्सारी र त्रैमासिक परीक्षामा कक्षा १ देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुमा प्रथम द्वतीय र तृतीय हुने बिद्याथीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
    यसरी त्रैमासिक परीक्षामा भ्एको नतीजामा कक्षा ४ का पबित्रा क्षेत्री प्रथम, मुस्कान मनिहार दोस्रो र आइसा मनिहार तृतीय कक्षा ५का मोनहर कुमाई, सबनम कबडिया दोस्रो र कृष्ण लोनिया तृतीय भएका छन् । कक्षा ६ का अन्सिका लोनिया प्रथम, कक्षा ७ का प्रिस्कीला बिक द्वितीय र राम बाबु नाउँ तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
    कार्यक्रममा बिद्यालयका संस्थापक सदस्य ओम कुमारी थापा, बिद्यालय ब्यवस्थापनमा मनोनित सदस्य बलीराम कुर्मी, सल्लाहकार हंशराम साहू, शिक्षक अभिभावक संघका अध्यक्ष बिनो कुमार नाउँ, बिद्यालयका प्रधानाध्यापक भृकुटी तारा शाही, सितादेवी उप्रेती, करुणा कुमारी सिंह, सुन कुमारी थापा, खेमराज उपाध्याय, तेजस्वनी बर्मा, उमा श्रीवास्तव, रुपा बिष्ट, सष्मा केसी, नम्रता माझी, गणेश कुमार शाही कार्यालय सहयोगी नोकी क्षेत्री शिशु कक्षा र कक्षा १ देखि ८ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology