(Saturday 25th of July 2026)
`

‘चोली तुनाले’ म्युजिक भिडियो सार्वजनिक हुदै

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    काठमाडौं – चर्चित गायक सुमन बीटी र अञ्जुली हमालको स्वरमा सजिएको नयाँ गीत ‘चोली तुनाले’ को म्युजिक भिडियो आज शुक्रवार सार्वजनिक हुने भएको छ ।
    गीतलाई राजेश नेपालको शब्द र विश्वस नेपालले संगीत दिएका छन् । भिडियोमा जिनिश सुनार र सञ्चिता बुलाखेले मुख्य भूमिकामा अभिनय गरेका छन् । प्रेमिल भावमा बनेको यो गीतलाई आकर्षक नृत्य र आधुनिक प्रस्तुतिमा दर्शकसमक्ष ल्याउने तयारी भएको निर्माण पक्षले जनाएको छ ।
    भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन र रंग संयोजन अमृत चापागाईंले गरेका छन् । भिडियोमा कोरियोग्राफी र निर्देशन दुवै जिम्मेवारी राजीव समरले वहन गरेका छन् । गीतको रेकर्ड रमेश खड्काले गरेका हुन् भने बिनोद परिवारले मिक्सिङ र म्यास्टरिङ गरेका छन् ।
    स्टुडियो ओजोनबाट निर्माण भएको भिडियोलाई प्रोड्युसर पुनम चौधरीले प्रस्तुत गरेकी छन् । भिडियो सुमन बीटीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुने जानकारी दिइएको छ ।
    संगीत क्षेत्रमा निरन्तर सक्रिय सुमन बीटीको प्रस्तुतिमा तयार भएको यो गीतले युवा पुस्तालाई विशेष आकर्षण गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक भएपछि यसलाई विभिन्न डिजिटल प्लेटफर्ममा पनि सुन्न सकिनेछ । दर्शक तथा संगीतप्रेमीले ‘चोली तुनाले’ म्युजिक भिडियो शुक्रवारबाट हेर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology