(Saturday 25th of July 2026)
`

जानकी गाउँपालिकामा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    बाँके ,नेपालगन्ज  – बाँकेको जानकी गाउँपालिकाको स्वास्थ्यको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्यका विभिन्न सूचकहरुको आधारमा मूल्याङ्कन गर्दा बेलभार स्वास्थ्य चौकी प्रथम, गनापुर स्वास्थ्य चौकी द्वितीय र खजुराखुर्द तृतीय भएका छन् । वार्षिक समिक्षा गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले मूल्याङ्कनलाई सम्मान गर्दै पालिकाका सम्पूर्ण स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी, सामाुदायिक महिला स्वयंसेविकाहरुको उत्तिकै योगदान रहेको बताउँदै थप उत्प्रेरित भई फिल्डमा काम गर्न स्वास्थ्य शाखा अन्तर्गतका सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए ।

    सामाजिक विकास समितिका संयोजक राम अचल धोबीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको प्रमुख अतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । समिक्षा गोष्ठीमा वडा अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, वरिष्ठ जनस्वास्थ्य प्रशासक सुनिता पौडेल लगायत ६ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । जनस्वास्थ्य निरीक्षक तमलाल बेलबासेले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले स्वागत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology