(Saturday 25th of July 2026)
`

शिक्षा विधेयकको विरोधमा नेपालगन्जमा शान्तिपुर्ण विरोध तथा बस ¥याली कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 11.2K
    SHARES

    नेपालगन्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरुले नेपालगन्जमा स्कुलबस सहित शक्ति प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले शुक्रबार नेपालगन्जको सडकमा एक साथ स्कुल बस उतारेर शक्ति प्रदर्शन गरेका हुन् ।
    प्याब्सनको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम नेपालगन्जमा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको ब्याब्सन बाँकेले जनाएको छ । नेपालगन्जको वीपी चोकमा ब्याब्सन अन्तर्गतका बिद्यालयहरुका स्कुल बस उतारेर नगर परिक्रमा गराइएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रबिण गिरीले बताउनुभयो । गिरीका अनुसार एक सय बढी स्कुल बस वीपी चोकमा जम्मा भएर राँझा चोक पुगी ट्राफिक चोक पुगेर समापन गरिएको थियो ।


    सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश हटाउनुपर्ने मुख्य माग राखेर प्याब्सन अन्तर्गतका बिद्यालय संचालकहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् । प्याव्सन नेपालगन्जको अगुवाईमा नेपालगन्जको विपी चोकबाट सुरु गरिएको शान्तिपुर्ण विरोध तथा बस ¥याली कार्यक्रममा ५० बढि विद्यालयका करिव १ सय ५० वटा बस ¥याली गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology