नेपालगन्ज – हरितालिका तीजको अवसरमा आयोजित तीज उत्सब तथा एकल खुला तीज नृत्य प्रतियोगिताको उपाधि सिखा रानाले हात पारेकी छिन् । बास नेपालको आयोजनामा भएको प्रतियोगितामा २९ जना प्रतियोगिलाई पछि पार्दै रानाले प्रथम स्थान हासिल गरेकी हुन् । प्रथम स्थान हासिल गरेसँगै उनले नगद १५ हजार, प्रमाण पत्र र ट्रफि हासिल गरेका छन् । यसैगरी द्धितिय स्थान मोहीनी दिलिपले हासिल गरेकी छन् भने तृतीय स्थान सदिक्षा जिएमले प्राप्त गरेकी छिन् । प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल मोहीनीले नगद १० हजार, प्रमाण पत्र र ट्रफि र तृतीय स्थान हासिल गर्न सफल सदिक्षाले नगद ५ हजार, प्रमाण पत्र र ट्रफि हासिल गरेकी छिन् । तीज प्रतियोगितामा पुरस्कार प्राप्त गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरुले पुरस्कार वितरण गरेका थिए । जिल्ला समन्वय समितिका उप प्रमुख सिता कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीेले बास नेपालले आयोजना गरेको तीज प्रतियोगिताले महिलाहरुमा उत्साह थपेको बताईन् । प्रतियोगिताका बिजेताहरुलाई बधाई दिदै उनले सभ्य रुपमा हरितालिका तीजलाई मनाउन सबैलाई अनुरोध गरिन् । यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि सफल मोटर पार्टसका प्रमुख राज कुमार गिरीले बर्षेनी बास नेपालले आयोजना गर्ने तीज उत्सबले सास्कृतीक प्रबद्र्धन गरेको बताए । यसैगरी कार्यक्रममा बोल्दै अतिथि शिद्धबाबा हार्डवेयरका प्रबन्धक कमल कार्कीले हरितालिका तीजको शुभकामना दिए । बासले आयोजना गरेको तीज कार्यक्रमका सहकार्य गर्न पाउदा खुसी लागेको बताए । बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय महासचिब तथा एकल खुल्ला तीज नृत्य प्रतियोगिताका संयोजक कल्पना अधिकारीले गरेकी थिईन् । प्रतियोगितामा निर्णायकको भूमिकामा सुन्दर गुरुङ्ग, मौसमी राना मगर र सुमन थापाले गरेकी थिईन् । बास नेपालका निर्वतमान अध्यक्ष लुना बुढाथोकीले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सिता कार्की, एचसिआरसी अस्पतालका सञ्चालक मन्जु बिसी शाह, युवा उद्धमी राज कुमार गिरी, कमल कार्की, बासका पूर्ब केन्द्रीय अध्यक्ष रमेश सिटौला, बास नेपालका साँस्कृतीक विभाग प्रमुख महेन्द्र सेडाई, दिदिवहिनी समाजका अध्यक्ष रमा देवी शाह लगायतको उपस्थिती रहेको थियो । एकल खुल्ला तीज नृत्य प्रतियोगितामा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई कार्यक्रमका बिच प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो । बास नेपालले हरेक बर्ष हरितालिका तीजको अवसरमा कार्यक्रम गर्दै आएको छ ।
