(Wednesday 28th of October 2026)
`

किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज ४ भदौ : नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई तडक–भडकपूर्ण नभइ अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल किसान महासंघ बाँकेद्वारा बुधबार ढकेरीमा आयोजित ‘तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियौँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद तथा नेपाली काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी चौधरीले पछिल्ला दिन तीजका नाममा भड्किलो र बेथेती बढ्दै गएकोमा दुखेसो पोखिन् । उनले परम्परागतरुपमा मनाइदै आएको तिज उच्छृङ्खल हुँदै जाँदा मौलिकतामा ध्यान दिनुपर्ने बताईन् । तीजको नाममा विकृति फैलिरहेको हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदिबहिनीहरुलाई उनले आग्रह गरिन् । उनले भनिन् अहिले तीज धर्म र जात विशेष नभइ समाजका सबैले मनाउन थालेर अपनत्व ग्रहण गरिरहेका छन् । यो राम्रो पक्ष हो । तर, तीजको उपवास गर्ने बेलामा महिलाहरुले आफ्नो स्वास्थको खाल गर्न पनि अनुरोध उनले आग्रह गरिन् ।’

    नेपाल किसान महासंघ बाँकेकी उपाध्यक्ष अस्मिता शाह महतराको सभाध्यक्षतामा भएको उक्त तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा लुम्बिनी प्रदेश सदस्यद्वय मिना सिद्दिकी र अञ्जना पाण्डे, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष याकुव अन्सारी, सचिव ललित कुमार रौनियार, महासंघ केन्द्रिय सदस्य तुलसी थारु र शारदा शर्मा, महासंघ केन्द्रिय प्रतिनिधी कुन्तलराज शर्मा, काँग्रेस महासमिति सदस्यहरु द्रोपती ओली, महाविर ओली, फुलाराम थारु, टेकबहादुर खड्का, लुटबहादुर रावत, शुलोचना शर्मा, राप्तीसोनारी पालिका काँग्रेस सभापति भिम राना, महासंघ क्षेत्र नम्बर–२ सभापति सुरेन्द्र कुमार श्रेष्ठ, महासंघ नेपालगन्ज नगर सभापति लोकबहादुर शाह, काँग्रेस जिल्ला सदस्य लगायत काँग्रेसका भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । भने कार्यक्रम तारा ओलीले सञ्चालन गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology