शिवेन्द्र भण्डारी – भाद्र, नेपालगञ्ज : चितवन सेवा समाज बाँकेद्धारा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । सोमवार नेपालगञ्जमा आयोजित कार्यक्रममा बिभिन्न संघ संस्थामा प्रतिनिधित्व गर्ने चितवन जिल्लावाट बसाई सराई गरेर बाँके जिल्लालाई कर्म थलो बनएका महिला दिदि बहिनीहरुलाई दर खुवाउनुका साथै ५ जना महिलालाई सम्मान समेत गरिएको हो । कार्यक्रममा संविधान सभाकी उप(सभामूख पूर्णा कुमारी सुवेदी प्रमुख अतिथी रहनु भएको थियो । चितवना महिला अग्रगामी सोच भएका कारण हरेक क्षेत्रमा .अगाडी रहेको बताउँदै सामाजिक न्यायका बिषयलाई तीजका वेला गित मार्फत समाज जागरणमा महत्वपूर्ण भुमीका खेलेको प्रमुख अतिथी सुवेदीले बताउनुभयो । संस्थाकी बरिष्ठ सल्लाहाकार तथा समाजसेवी शान्ति ढकालले चितवनबाट बाँकेमा आएर बिभिन्न पेशा ब्यवसाय गर्ने ब्यक्तिहरु सृजनशिल भएका कारण स्थापित भएको बताउँदै यसरी एकै ठाउँमा भेला हुँदा अफ्नोपनको महसुस हुँने हुँदा आयोजकलाई धन्यवाद दिदैं आउँदै गरेको हरितालीका तीजको शुभकामना दिनुभएको थियो । चितवनवाट बाँकेलाई कर्मथलो वनाएका संस्थाका सल्लाहकार अशोक कर्माचर्यले नारी वेदनाका गीत पस्कदै शुभकामना दिनुभएको थियो । समाजका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा करिव १ सय ५० जना महिला दिदिबहिनीहरुको उपस्थिती रहेको थियो भने ३ जना जेष्ठ नागरिक र २ जना सफल महिलाहरुलाई सम्मन गरिएको थियो ।
कार्यक्रममा जन्मथलो चितवन जिल्लावाट टाढा भएर बाँके जिल्लालाई कर्मथलो बनाएर बसेका महिला दिदि बहिनिहरुलाई बोलाएर तीज मिलन तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा सहभागीहरुले खुसी ब्यक्त गर्नुका साथै आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।
