(Wednesday 28th of October 2026)
`

नेताको बिकल्प होला, लोकतन्त्रको बिकल्प छैन – किशोर सिंह राठौर

  • सगरमाथा गन्तब्य
  • 11.1K
    SHARES

    शिवेन्द्र भण्डारी– साउन १२, नेपालगञ्ज, जातका आधारमा, धर्मका आधारमा, नाताका आधारमा मासु–भात खाएर, रक्सी खाएर, पैसा खाएर मत हालेको परिणामले बर्तमान अवस्थाको सृजना भएको औंलाउदै नेताको बिकल्प होला तर लोकतन्त्रको बिकल्प नभएको नेपाली काँग्रेसका सह–माहामन्त्री तथा संघीय सांसद किशोर सिंह राठौरले बताउनुभएको छ । आज समाज जसरी उग्र भईरहेको छ र युवाहरुले सामाजिक सन्जालमा मनलाग्दी लेख्ने भन्ने गर्दै छन्, त्यो देशका लागी खतरनाक बन्ने कुरा संघीय सांसद राठौरले भेरी अञ्चल अस्पताल नेपालगञ्जको १३५ औं बार्षिक उत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा बताउनुभएको हो ।
    उहाँले जुन पार्टी र नेता जनता प्रति उत्तरदायी छन् त्यही पार्टी र नेतालाई जिताउन सकीन्छ, देसमा भएको भ्रष्ट्राचार आज नभए भोली कन्ट्रोल गर्न सकिन्छ, सुशासन नभए कायम गर्न सकिन्छ तर समाज अराजक भयो भने कसैले समाल्न सक्दैन भन्दै राज्यका नेता, कर्मचारी, डाक्टर, ईन्जिनियर, पत्रकार सवै जिम्मेवार भएर जनता प्रति उत्तरदायी भएर आफ्नो काम गरेमात्र संसारलेनै उन्नत मानेको लोकतान्त्रीक व्यवस्था माथि आएको खतरालाई परास्त गर्न सकीने बताउनु भयो ।


    भेरी अञ्चल अस्पताललाई १३५ बर्ष देखी भएको बिकास भन्दा अवको १० ,१५ वढी सेवा विस्तार गरेर, क्यान्सर अस्पताल र भेरी अस्पतालाई सुदुरपश्चिम, कर्णाली र लुम्विनी तिन वटै प्रदेसको स्वास्थ्यको हवको रुपमा बिकास गर्न आफ्नो ठाउँवाट लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । अस्पताल बिकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमा अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा.निराजन सुवेदीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    बि.सं १९४७ सालमा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नामवाट नेपालगञ्जमा खोलिएको अस्पताल बि.स.२०१६ मा रत्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र नामाकरण गरिएको भेरी अस्पताल नेपालगञ्ज २०२२ सालमा भने भरी अस्पताल नामाकरण गरिएको डा. सुवेदीले प्रतीवेदनमा उल्लेख गर्नुभएको थियो । प्रतिवेदनमा २०४३ सालमा १०० बेड र पछि बिकास समितिवाट ५० बेड स्वीर्कत भई जम्मा १५० बेडको क्षमतामा संचालन भएता पनि २९५ बेडको सेवा प्रदान गरिरहेको अस्पतालमा २९ वटा बिभागमा बिरामीहरुलाई सेवा प्रदान गरिरहेको प्रतिवेदनमा उल्ेलेख गरिएको थियो । देसकै ठूलो बीर अस्पतालमा भन्दा पनि बढी बिरामी चाप रहेको भेरी अस्पतालमा राज्यले बजेटमा उपेक्षा गरेकै कारण मृगौला प्रत्यारोपणको सेवालाई निरन्तरता दिन नसकीएको उल्लेख गदै सो तर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई मे.सु. डा. निराजन सुवेदीले आग्रह गर्नुभयो । कार्यक्रममा बाँके जिल्लाका संघीय सांसद, प्रदेश सांसद, स्थानिय जनप्रतिनिधिहरु, सहायक जिल्ला अधिकारी, राजनितिक दलका प्रमुखहरु, प्रहरी उपरिक्षक, शसस्त्र प्रहरी उपरिक्षक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु, अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology