नेपालगन्ज : नेपालगन्जमा ‘लिभिङ टुगेडर’ मा बसेका एक युवतीको संगै बस्ने युवाले हत्या गरेका छन् । दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेटर्सको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेका छन् ।
बुधबार नेपालगंज वडा नं. १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेपछि हत्या भएको कुरा थाहा भएर कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रवार बिहान २ बजे आफैले प्रहरीलाई फोन गरेर आफुले हत्या गरेको बताउँदै आत्मसमर्पणका लागि प्रहरी कार्यालय आउंदै गरेको खबर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पतालीले बताउनुभयो । निर्मलाको परिवार शुक्रवार आएपछि बल्ल उनको पोस्टमार्टम गरिएको छ ।
बिवाहित प्रकाशको श्रीमती सहित एक छोरा, एक छोरी बर्दियामा नै बस्छन् । उनको परिवारका अनुसार विगत ३ वर्षदेखि प्रकाश र निर्मला बेलासपुरमा सँगै बस्ने गर्दथे । प्रकाशले निर्मला र उनको परिवारलाई आफू अबिवाहित भएको भनेर नै बताएका थिए ।
