(Wednesday 28th of October 2026)
`

लुम्बिनी प्राविधिक विश्वविद्यालयद्धारा शैक्षिक सत्र २०८२ का लागि स्नातक तह भर्ना प्रक्रिया सुरु

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    बाँके, २०८२ साउन ९ — लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको गरेको छ । शुक्रबार विश्वविद्यालयको भवनमा आयोजित प्रेस मिटमार्फत भर्ना सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो ।
    प्रेस मिटमा विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि B.Tech in Civil Engineering, B.Tech in IT Engineering, B.Tech in Computer Science & Artificial Intelligence, / B.Tech in Information Technology कार्यक्रमहरूमा भर्ना खुला गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्ज बाँकेका कुल सचीव रेग बहादुर भण्डारीले जानकारी गराउनुभयो । जसमा क्रमशः दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरू भर्ना गरिनेछन् ।
    विश्वविद्यालयले प्रस्तुत गरेका मुख्य विशेषताहरूमा गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, स्थानीय तथा क्षेत्रीय विद्यार्थीहरूका लागि पहुँचयोग्य प्राविधिक शिक्षा, आधुनिक शिक्षण पद्धति, एक महिनाभित्र परीक्षा नतिजा प्रकाशन, र ६०% आन्तरिक मूल्यांकन प्रणाली जस्ता महत्वपूर्ण पक्षहरू समावेश छन् । यसका साथै, अनुतीर्ण विद्यार्थीहरूले दुई महिनाभित्र ग्रेड वृद्धि पुनःपरीक्षा दिन पाउने व्यवस्था विश्वविद्यालयले गरेको पत्रकार सम्मेलनमा भण्डारीले जानकारी गराउनुभयो ।
    प्रवेश प्रक्रिया सम्बन्धी जानकारी अनुसार आवेदन फारम २०८२/०४/११ देखि विश्वविद्यालयको प्रवेश पोर्टल entrance.ltu.edu.np मार्फत अनलाइन भर्न सकिनेछ । प्रवेश परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले सम्बन्धित विषयमा न्यूनतम ग्रेड हासिल गरेको हुनु पर्नेछ । कक्षा ११ पास गरी कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि प्रवेश परीक्षाको लागि योग्य हुनेछन्, तर भर्नाका बेला कक्षा १२ उत्तीर्ण प्रमाणपत्र अनिवार्य रहने जनाएको छ ।
    छात्रवृत्ति योजनामा आर्थिक रूपमा कमजोर, जेहेनदार र विशेष समुदायका विद्यार्थीहरूलाई विभिन्न तहमा छात्रवृत्ति उपलब्ध गराइनेछ । पूर्ण छात्रवृत्ति प्राप्त गर्ने ६ जना, ७५% छुट पाउने ३६ जना, ५०% छुट पाउने २८ जना र २५% छुट पाउने धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
    हालसम्म विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा १९८ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले आगामी वर्षमा उक्त संख्या बढाउने लक्ष्य राखेको छ ।
    विश्वविद्यालयले समावेशी, सुलभ र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने आफ्नो दीर्घकालीन लक्ष्य दोहो¥याएको छ । उद्योगसँग सहकार्य गर्दै व्यावहारिक सीप विकासमा केन्द्रित शिक्षाले विद्यार्थीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम बनाउने प्रतिबद्धता व्यक्त समेत गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology