नेपालगन्ज : नेपाल निवृत्त शिक्षक समाज, बाँकेको आयोजनामा गुरुपूर्णिमा तथा व्यास जयन्तीको अवसर पारेर “निवृत्त शिक्षक दिवस समारोह तथा छैठौँ साधारणसभा–२०८२” भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम बाँकेको नेपालगञ्जमा २०८२ साल असार २६ गतेका दिन आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि प्रत्येक स्थानीय तहले अनुभवी निवृत्त शिक्षकहरूसँग सल्लाह सुझाव लिनु पर्ने विचार व्यक्त गर्नु भयो । शिक्षालाई सम्मान दिनुपर्ने र शिक्षकमाथि गरिने सम्मानले भावी पुस्तामा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गुरुपूर्णिमा र व्यास जयन्तीको अवसरमा उपस्थित अतिथिहरूद्वारा दीप प्रज्वलन, टीका अर्पण, पुष्पांजलि, तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा निवृत्त शिक्षकहरूको योगदानलाई सम्झँदै सम्मानपत्र, अभिनन्दन, र स्मृति चिह्न प्रदान गरियो । उक्त अवसरमा ८० वर्ष नाघेका जेष्ठ गुरु÷गुरुआमाहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा थुप्रै सांस्कृतिक तथा भावनात्मक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा निवृत्त शिक्षक समाजका केन्द्रिय अध्यक्ष शरणप्रसाद कोइराला, निवृत्त शिक्षक समाज केन्द्रीय उपाध्यक्ष पार्वतराज तामाङ, बमसेव सुवेदी, संगठन सचिव, कृष्णप्रसाद पाण्डे, सचिव, नेपालगञ्ज उपमहानगर, अर्जुन थापा, उपाध्यक्ष, सुदर्शन चौधरी, शिक्षक सम्बन्ध ईकाई संयोजक, मानबहादुर शर्मासहित जिल्लास्थरीय तथा शाखा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । आयोजक समितिका सचिव सुन्दर गुरुङले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
