(Saturday 25th of July 2026)
`

५५ वर्षीय शिक्षक जगत कुँवर: बिहान मोर्निङ वाक गएका अहिलेसम्म सम्पर्कविहीन !

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES
    काठमाडौं — अछाम जिल्लाको साफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका ५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर हिजो बिहानदेखि सम्पर्कविहीन भएका छन्। हरेक दिनझैं हिजो (मंगलबार) बिहान करिब ६:३४ बजे मोर्निङ वाकका लागि घरबाट निस्केका कुँवर त्यसपछि हालसम्म पनि फर्किएका छैनन्, न त उनीसँग कुनै सम्पर्क स्थापित भएको छ। उनका छोरा युवराज कुँवरका अनुसार, बुबा बिहान वाक जानु सामान्य दिनचर्या हो। तर हिजोको दिनदेखि अहिलेसम्म फोन अफ रहेको, कुनै सामाजिक वा डिजिटल माध्यममा गतिविधि नदेखिएको र चिनजानका मानिसहरूले समेत देखेका छैनन्। घटनाले परिवारलाई गहिरो तनावमा पारेको छ। “हामीले सबै सम्भावित ठाउँहरूमा खोजी गरिरहेका छौं—अस्पताल, प्रहरी कार्यालय, साथीहरू—तर अहिलेसम्म केही पत्ता लागेको छैन,” युवराजले जानकारी गराए।

    परिवारले काठमाडौंका विभिन्न अस्पताल, प्रहरी कार्यालय तथा स्थानीय टोल विकास संस्था र चोकहरूमा समेत जानकारी गराइसकेका छन्। प्रारम्भिक चरणमा खोजी कार्यमा कुनै ठोस प्रगति नहुनु राजधानीको सार्वजनिक सुरक्षाप्रति प्रश्न उठाउने खालको छ। उनी सम्पर्कविहीन भएको खबर अहिले सामाजिक सञ्जालमा समेत फैलिन थालेको छ। कतिपयले राजधानीको भीडभाडमा यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भन्दै राज्यसंयन्त्र र प्रहरी प्रशासनको सक्रियता माग गरेका छन्।

    कसैले देखे, भेटे वा जानकारी पाएको खण्डमा तुरुन्तै छोरा युवराज कुँवर (फोन: 9858055330 / 9841513573 / 9868520874) लाई सम्पर्क गर्न परिवारजनले हार्दिक आग्रह गरेका छन्। शिक्षकजस्तो जिम्मेवार पेसामा आबद्ध नागरिक राजधानीको मुटुबाट यसरी हराउनु केवल एक परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजको सुरक्षा चेतनाको परीक्षण पनि हो। अबको प्रश्न हो—के राज्य संयन्त्र यस घटनालाई गम्भीर रूपमा लिन्छ, वा यस्ता समाचारहरू फेरि अर्को फाइलको धुलो बनिरहनेछन्?

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology