नेपालगञ्ज — नेपाली सांगीतिक क्षेत्रमा अर्को मन छुने गीत ‘मायामा भुल’ शनिवार सार्वजनिक हुने भएको छ । सुमधुर आवाजका धनी गायक शिव जीएम र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा सजिएको यो गीतले मायामा परेको मान्छेको मनोविज्ञानलाई कलात्मक रुपमा चित्रण गरेको छ ।
गीतको शब्द र संगीत दिपक घर्ती मगरले तयार गरेका हुन् । गायक स्वयं शिव जीएमको प्रस्तुति रहेको यस गीतमा आधुनिक प्रेम कथा बोकेको कथा वस्तु प्रस्तुत गरिएको छ । गीतको संगीत संयोजन केशव बडूले गरेका छन् भने मिक्सिङ र मास्टरिङ राजकुमार बगरले गरेका हुन् । गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

“मायामा भुल’ भन्ने बोलको म्युजिक भिडियोमा नवराज सुवेदीको निर्देशन, कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोलाई रामु चौधरीले क्यामेरामा कैद गर्नुभएको छ । भिडियो सम्पादन र रङ संयोजन राजेश कुमारले गर्नुभएको छ भने भिडियो बैंक स्टुडियोमा सम्पादन सम्पन्न गरिएको हो ।
भिडियोमा निर्देशक स्वयं नवराज सुवेदी, अलिशा बोहरा, शिव जीएम, र दुर्गा राना मगरको अभिनय देख्न पाइन्छ । दुर्गा राना मगरले सहायक कोरियोग्राफरको भूमिका पनि निर्वाह गर्नुभएको छ । ए.सी. राजबीरले मेकअप कलाकारको रूपमा काम गर्नुभएको छ ।
