(Wednesday 28th of October 2026)
`

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाँकेको अध्यक्षमा प्रेम बहादुर थापा

  • मिसन ८४ मा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २ लाख सदस्यता थपिने जसमा ५० हजार युवा स्वयम सेवक परिचालन गर्ने
  • सगरमाथा गन्तब्य
  • 14.6K
    SHARES

    नेपालगन्ज : लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटि बाँकेको आयोजनामा आज नेपालगन्जमा बिस्तारित बैठक तथा प्रशिक्षण भेला कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालयको सभाहलमा भएको बिस्तारित बैठक तथा प्रशिक्षण भेला कार्यक्रमको अध्यक्षता लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कार्यकमिटी बाँकेको अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य थाममाया थापाको प्रमुख आतिथ्यतामा प्रशिक्षण तथा भेला कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङ शेर्पा, महासचिव देव राई, उपसचिव प्रेम कुमार श्रेष्ठ, सचिव विवेक श्रेष्ठ, सचिव हिरु राना, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई, उपसचिव किशोर थापा लगायत २ सय बढि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
    महासंघमा ४२ वटा समुदायका जातिय संगठनको घटक संगठन आदिवासी जनजाति महासंघमा आवद्ध रहेका छन् । बैठकदेखि बैठकसम्म हाम्रो अभियान सफलताका साथ सम्पन्न हुँदै आएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । जिम्मेवारी लिएपछि काम गर्नुपर्छ भन्ने मान्यताका साथ यस महासंघमा जोडिनु पर्ने वक्ताहरुको धारणा थियो । मिसन २०८४ मा २ लाख नयाँ सदस्यता थपिने ५० हजार जनजाति नयाँ युवा स्वयमसेवक सामेल गराउने यस जनजाति महासंघको अभियान रहेको छ ।
    आज सम्पन्न नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बांँकेको विस्तारित बैठकबाट प्रेम बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । यस्तै महासंघको उपाध्यक्षमा पल्टु राम थारु सचिवमा चेत बहादुर घर्तिमगर, उपसचिवमा टेक बहादुर गुरुङ, कोषाध्यक्षमा चित्रा श्रीस चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा भुमिराज थापा, लक्ष्मी थारु, ज्ञान बहादुर लामा, गन बहादुर गुरुङ, देवमाया थापा मगर, मित्र थापा मगर, कृष्ण थापा मगर, प्रज्वल श्रेष्ठ, पशुपति थारु, भागीराम थारु, भिम थापा, सुष्मा राना मगर, कमल रानामगर नयाँ कार्य समितिमा चयन हुनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology