(Wednesday 28th of October 2026)
`

टोल सुधार्न जुरमुराए १ नम्बरबासी

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    खजुरा, १० जेठ : आफ्नो टोल सुधार गर्नका निम्ति खजुरा गाउँपालिका वडा नं. ३ खजुरा एक नम्बरबासी जुरमुराएका छन् । टोल सुधारको प्रस्ताव अघि सारेपछि उनीहरूलाई खजुरा गाउँपालिकाले साथ दिने भएको छ । खजुरा १ नम्बर क्षेत्रमा सरसफाई, संरक्षण लगायतका कार्य गरि एक नम्बरलाई नमूनाको रूपमा प्रस्तुत गर्ने उद्देश्यले हरिप्रसाद निरौलाको संयोजकत्वमा समिति निर्माण गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान आफै उपस्थित भएर टोलबासीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै विधान निर्माण गरेर समितिको काम अगाडि बढाउँदा पालिकाले आवश्यक पर्ने सहयोग गर्ने बताए । खजुरा गाउँपालिका वडा नं. ३ का वडा सदस्य मित्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा चारपाते क्लवलाई निष्क्रिय बनाउँदै मनमोहन चिल्ड्रेन पार्क तथा चारपाते क्लव सामुदायिक भवन निर्माण तथा संरक्षण समिति निर्माण गरिएको हो । समितिको संहसंयोजकमा रुद्र रानाभाट, कमला न्यौपाने, सचिव गमबहादुर डाँगर र कोषाध्यक्षमा पदमा भण्डारीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा श्रवण कुमार केसी, विकास हरि कोइराला, देवबहादुर कुँवर, निरज भट्ट, शिवराज देवकोटा र सरला थापालाई चयन गरिएको छ भने विद्यान लेखन समितिमा पूर्णचन्द्र उपाध्याय, सतिश निरौला र T*क दाहाललाई जिम्मेवारी दिएको छ । स्थानीय अगुवा वेदनिधि प्याकुरेल, जीवनाथ सापकोटा, खजुरा गाउँपालिका ३ का वडा सदस्य मित्र थापा लगायतले उक्त कार्यलाई साथ दिएका छन् । समितिको आयोजनामा आगामी शनिबारदेखि सरसफाई शुरु गरिने भएको छ । समितिमा स्थानीय क्लवलाई पदेन सदस्यको रूपमा समेटिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology