(Saturday 25th of July 2026)
`

कोहलपुरमा १५ दिने मगर भाषा प्रशिक्षण सुरु

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    कोहलपुर : नेपाल मगर संघ कोहलपुर नगर समितिले १५ दिने नेपाल मगर भाषा प्रशिक्षण सुरु गरेको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा यही १६ गतेबाट १५ दिने तालिम सुरु भएको हो । कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले मगर संस्कृतिलाई जगेर्ना गर्नका लागि उक्त सहयोग गरेको बताउनुभयो । त्यसैगरी प्रशिक्षणमा १५ वर्षदेखि ७६ वर्षको उमेर सम्मका व्यक्तिहरूको उपस्थिति रहेको नेपाल मगर संघ कोहलपुर नगर समितिका अध्यक्ष कृष्ण बहादुर पुन मगरले बताउनुभयो । हरेक दिन १ बजेदेखि ४ बजेसम्म हुने प्रशिक्षणमा प्रशिक्षक पिनु थापा मगर र गगनबहादुर थापा मगरले प्रशिक्षण दिने सचिव हेमन्त पुन मगरले बताउनुभयो । नेपाल आदिवासी जनजाति अन्तर्गत पर्ने कला संस्कृतिले धनी समुदाय मगरहरूको मौलिक भाषा संरक्षणका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कोहलपुर नगर भित्रका १५ वटा वडाका ३५ जना प्रशिक्षार्थीले प्रशिक्षण लिने भएका छन् । कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य मिना पुन मगर, भीमसेनदेव मन्दिर संरक्षण समितिका सचिव शेखर श्रेष्ठ, थारु कल्याणकारी सभा कोहलपुर नगर अध्यक्ष कुर्कुटवा थारुको सहभागिता समेत रहेको थियो । प्रशिक्षण कोहलपुरको १३ बिघास्थित बौद्ध गुम्बामा सञ्चालन भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology