(Wednesday 28th of October 2026)
`

राप्तीसोनारी ६ का १४३ गर्भवती र ८६ सुत्केरी आमालाई सहयोग

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    नेपालगन्ज : राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का सुत्केरी आमालाई विभिन्न सामाग्री वितरण गरिएको छ । राप्तीसोनारी ६ आधारभुत स्वास्थ्य सेवा केन्द्र कमैयाडाडाको आयोजना तथा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ को सहयोगमा वडा नं. ६ का १४३ जना गर्भवती आमालाई १ क्यारेट अन्डा, नुन , ब्रस मन्जन , साबुन वितरण गरिएको हो । यस्तै ८६ जना सुत्केरी आमालाई १÷१ थान सुपानेट झुल बितरण गरिएको छ । गर्भ अवस्थामा सरसफाइ, पौष्टिक तत्व जस्ता कुरामा ख्याल राख्न, नियमित गर्भ जाँचको दर बढाउन प्रोत्साहन सामाग्री बितरण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।
    सुत्केरी अवस्थामा नबजात शिशु र आमालाई विभिन्न किट्जन्य रोगबाट बचाउन झुल बितरण गरिएको हो । राप्ती सोनारी वडा न. ६ का सदस्य लक्ष्मी थारुले गर्भवती र सुत्केरीका लागि बितरण गरिने विभिन्न प्रोत्साहन सामाग्री आमा तथा बच्चाको स्वास्थ्यमा फाइदा पु¥याउने, सरसफाईका सामाग्रीहरुबाट विभिन्न किसिमको रोगहरुबाट बचाउन यस्तो कार्यक्रमले मद्दत पु¥याउन सहयोग गर्ने बताउनुभयो । स्वास्थ्य संस्थामा आइ गर्भ जाँच तथा सुत्केरी हुने आमालाई सामग्री बितरण गर्न वडाबाट हामीले लगातार ३ बर्षदेखि यस कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि हामीले हाम्रो वडाबासी गर्भवती तथा सुत्केरी आमाका लागि अझै बढी प्रभावकारी योजना ल्याउने तयारी गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । गर्दै छौ भनेर मन्तब्य राख्नु भएको थियो । आ. व. ०८१/०८२ श्रावण देखि हालसम्मका आमा सुरक्षा कार्यक्रमका सेवाग्राहीलाई उक्त सामाग्री बितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology