नेपालगन्ज : चर्चित गायक प्रमोद खरेल र चर्चित गायिका तृप्ती खड्का गुरुङको खोली तरि लौरी नविर्स भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेल र चर्चित गायिका तृप्ती खड्काको श्वरमा रहेको खोली तरि बोलको म्युजिक भिडियो बुधवार हरि उप्रेतीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । लौरी बोलको गितमा म्युजिक सागर लामाले साथ दिनुभएको छ भने म्युजिक एरेन्जरमा कृष्ण केसीले साथ दिनुभएको छ । लौरीको म्युजिक भिडियोमा मोडल विजय गुरुङ र मोडेल जुना विश्वकर्माको मुख्य भुमिका देख्न सकिने गायिका तृप्ती खड्काले जानकारी गराउनुभयो ।
म्युजिक भिडियोको ईडिटिङग मिलन विश्वकर्माले गर्नुभएको छ भने सिनेमेट्रोग्राफर ड्रोन क्यामरामा प्रकाश खड्काको टिमले साथ दिएका छन् । यस्तै गितको मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ । लौरी बोलको गितमा डाइरेक्टर विजय गुरुङको रहेको छ भने मेकअपमा कविन खड्काले साथ दिनुभएको छ । गित सारेगम स्टुडियोमा रेकडिङग भएको हो ।
