(Wednesday 28th of October 2026)
`

सगरमाथा खाना कार्निवल कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    नेपालगन्ज : सगरमाथा ई.बोर्डिङ स्कूल कक्षा ११ र १२ कक्षाका विद्यार्थीहरुले आज नेपालगन्ज १८ मा खाना कार्निवल कार्यक्रम २०८१ भव्यका साथ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुले आयोजना गरेको सगरमाथा खाना कार्निवल कार्यक्रममा विभिन्न किसिमका खानाका परिकारहरु राखिएको थियो । सगरमाथा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयकै प्राङगणमा सुरु गरेको खाना कार्निवल कार्यक्रममा चाउमिन, मःम, चिकन चाउमिन, मसरुम, ललिपप, भेज ननभेजका विभिन्न प्रकारका परिकारहरु बनाई अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थीलाई चखाएका थिए । विद्यार्थीहरुले कक्षामा सिकेका ज्ञान व्यवहारमा कसरी उतार्न सकिन्छ र आफुले सिकेका कुराको मुल्याङकन गराउने उद्देश्यका साथ खाना कार्निवल कार्यक्रम संचालन गरेको विद्यार्थीहरुले जनाएका थिए । होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले सगरमाथा ई.बो. स्कूलले यस्ता विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । विद्यालयले खेलकुद, हाजिरी जवाफ, बक्तृत्वकला, सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण, स्वास्थ्य कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु बर्षेनी राख्दै आएको विद्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology