नेपालगन्ज – नेपाली कथानक चलचित्र स्वीकारको यही माघ ५ गते बागेश्वरी क्युएफएक्स नेपालगन्जमा च्यारिटी शो गर्ने भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको च्यारिटी शो माघ ५ गते गर्ने भएको हो । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर समसमायिक जनचेतना मुलक नेपाली कथानक चलचित्र निर्माण गरेको फिल्म युनिटले जनाएको छ । बाँके र बर्दियाको सेरोफेरोमै छायाङकन भएको र स्थानिय कलाकारहरु कै ९८ प्रतिशत सहभागितामा फिल्म निर्माण भएको हुनाले फिल्मले सफलता हासिल गर्ने लक्ष्य रहेको फिल्म युनिटले जनाएको छ । माघ ५ गते विहाना ९ बजे बागेश्वरी क्युएफएक्स सिनेमाजमा फिल्म प्रदर्शन हुने फिल्मका निर्माता कृष्ण जिसीले बताउनुभयो ।

चलचित्र पारिवारिक वातावरणमा निर्माण भएको हुनाले सबै परिवारसंगै बसेर हेर्न सकिने र मनोरञ्जन लिन सकिने फिल्म युनिटले अपेक्षा गरेको छ । फिल्मको निर्मातामा कृष्ण जिसी र लक्ष्मी विसी रहनु भएको छ भने निर्देशकको भुमिका चर्चित निर्देशक रञ्जित रानाले गर्नुभएको छ । यस्तै फिल्मको नृत्य निर्देशक तथा मुख्य गुरुको भुमिका कलाकार गोविन्द प्रभातको रहेको छ भने स्थानिय कलाकारहरुमा सुजन सुनार, सानु टमाटा, करुणा सुनार, रुपक रोकाय, अंकित गिरी, नैना पुन मगर, लक्ष्मी चौधरी, दिपक थापा, खगेन्द्र विसी लगायतका कलाकारहरुको फिल्ममा मुख्य भुमिका देख्न सकिने फिल्मका निर्माता कृष्ण जिसीले जानकारी गराउनुभएको छ ।

फिल्मको छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा लक्ष्मी चौधरीले साथ दिनुभएको छ । करिव साढे १ घण्टाको स्वीकार फिल्म बाँकेको विभिन्न रमणिय स्थल बागेश्वरी मन्दिर, वाटरपार्क, रानीतलाउ, राँझा, कोहलपुर, पिपरी, नेपालगन्जको कारकादो, सुनाखरी होटल, बर्दिया र सुदुरपश्चिम प्रदेश जोड्ने कर्णाली पुललगायतका स्थानमा छायाङकन भएको सुटिङ युनिटले जनाएको छ ।
