(Wednesday 28th of October 2026)
`

बैजनाथामा थारु माघ महोत्सब सूरु

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज : थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बैजनाथ गाउँपालिका १ च्यामा गाउँमा थारु माघ महोत्सव सुरु भएको छ । आज र भोलीसम्म चल्ने दुई दिने थारु माघ महोत्सवको उद्घाटन बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको थियो ।
    थारु समुदायको महान पर्व माघको अवसरमा बैजनाथ बडघर तथा थारु म्हिला सञ्जाल बाँकेको आयोजनामा माघ महोत्सव संचालन भैरहेको आयोजकले जनाएको छ । माघ महोत्सव कार्यक्रममा ३६ बढि गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य जस्तै मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा, सजना लगायतका नृत्य गायन हुने बैजनाथ गाउँपालिका बडघर सञ्जालका अध्यक्ष चन्द्र चौधरीले बताउनुभयो ।
    माघ महोत्सव कार्यक्रममा थारु परिकार जस्तै ढिक्री, घोघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वाद समेत लिन सकिने अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । महोत्सवमा बैजनाथका ३६ गाउँका बडघर, नाच, राजनितीक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, अगुवा, स्थानियवासी लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology