नेपालगन्ज – नेकपा एमालेका महासचिब शंकर पोखे्रलले नेपाली काँगे्रस र नेकपा एमालेको बर्तमान सरकार मुलुकको स्थायित्वको लागी गठबन्धन नभै सहकार्य रहेको बताएका छन् । आज नेपालगन्जमा नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिब पाखे्रलले संबिधान कार्यान्वयनको जगमा टेकेर संरचनागत र कानूनी सुधार गर्न संबिधान संशोधन गरेर मूलुकलाई सहि दिशातर्फ डो¥याउने प्रयत्न भैरहेको बताएका हुन् ।
माहासचिव पोख्रेलका अनुसार दुई ठूला दल मिलेर संबिधान कार्यन्वयनको दश बर्षको अवधिलाई पुनरावलोन गर्न चाहेको त्यसको लागी वर्तमान कानूनमा भएका झमेलालाई पन्छाएर बिकासको यात्रालाई अगाडी बढाउने र जनताले सजिलै काम गर्ने वातावरण निर्माण गर्न जनताका आवश्यकता अनुसारको कानूनको निर्माण गरेर अगाडी बढ्ने बताए । कानून सुधारको क्षेत्रमा नयाँ ढंगले काम गर्नेगरि दुई ठूला दलका तर्फबाट तिन तिन जना बिज्ञ समूहको प्रतिनिधि सहितको कार्यदल समेत गठन भैसकेको महासचिब पोखे्रलले बताए । महासचिब पोखे्रलले आज सम्म जे भएको छ त्यो भन्दा राम्रोसंग काम गर्नेगरि सरकारले प्रधान मन्त्री कार्यालयको नेतृत्वमा गभर्नेन्स रिफम सेन्टर स्थापना गरेर प्रत्येक मन्त्रालयको कामलाई प्रभावकारी बनाउन सरकार अगाडी बढेको बताए ।
देश बिकासमा अझै राम्रो काम गर्नका लागि गठबन्धन सरकार गठन गरेर नभई एकल बहुमतको बलियो सरकार बनाउने अभियानमा नेकपा एमाले अगाढी बढेको बताए । सोही क्रममा बिभिन्न पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी युबाहरुलाई महासचिव पेख्रेलले नेकपा एमालेमा स्वतगत गरेका थिए ।
