नेपालगन्ज, पुस १३ – अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा होटल स्टारलाइट नेपालगन्जले विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । पुस १६ गते साँझ हुने यस कार्यक्रममा सहभागीहरूले चर्चित नेपाली पप गायक सञ्जय श्रेष्ठको पप र रक संगीतको प्रस्तुति, लोकगायिका इबसु सञ्जालको देउडा संगीतको सांस्कृतिक धरोहर झल्काउने गीतहरू, द स्याड रोज ब्रान्डको लाइभ प्रस्तुति, बलिउड नर्तकहरूको मनोरञ्जनात्मक र क्राउड इन्टरएक्टिभ प्रस्तुतिहरूको प्रत्यक्ष लाभ लिन सक्ने गरि सांगेतिक कार्यक्रम आयोजना गर्ने होटेलका प्रबन्ध निर्देशक विनोद कुमार बुढाथोकीले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष प्रस्तुति सुन्ने र नेपाली परिकार “तास” को विशेष स्वाद लिने अवसर पाउनेछन् । यो कार्यक्रम नेपालगन्जको पर्यटकीय महत्वलाई उजागर गर्दै नयाँ वर्षलाई विशेष बनाउनको लागि आयोजना गरिएको हो । होटल स्टारलाइटका म्यानेजर रचित श्रेष्ठका अनुसार, “अङ्ग्रेजी नयाँ वर्षको स्वागतसँगै यो कार्यक्रमले नेपालगञ्ज सहरको हस्पिटालिटी क्षेत्र, सांस्कृतिक र पाककला गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।”

सांगीतिक प्रस्तुति र सांस्कृतिक झलकहरूको साथ साथै सहभागीहरूले “बुफे डिनर” सहित अन्य स्वादिष्ट परिकारहरूको मजा पनि लिन सक्नेछन् । कार्यक्रमलाई थप विशेष बनाउन स्थानीय कलाकारहरूले परम्परागत नृत्य र सांस्कृतिक झलक प्रस्तुत गर्ने छन् ।
होटेलले सामान्य टिकटको मूल्य रु १,९९९ तोकिएको छ भने जोडीको लागि रु ३,४९९ निर्धारण गरिएको छ । होटल स्टारलाइट परिवारले सबैलाई यो भव्य कार्यक्रममा सहभागी भई नयाँ वर्ष २०२५ लाई उल्लासमय बनाउन आग्रह गरेको छ । साँझा ७ बजेदेखि मध्यरातसम्म नयाँ बर्षलाई उल्लासमय बनाउन होटल स्टारलाइटले विभिन्न सांगेतिक प्रस्तुती प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिने जनाएको छ ।

