(Wednesday 28th of October 2026)
`

डुडुवा गाउँपालिकाको वडा नं. ६ मा २५४ जनाको आँखा जाँच

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज÷(बाँके) डुडुवा गाउँपालिका वार्ड नं.–६ मा कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेको आयोजनामा डुडुवा गाउँपालिका वार्ड नं.–६ मा आँखाको निःशुल्क मंसीर १५ गते शनिवार सम्पन्न भएको छ ।
    डुडुवा गाउँपालिका वार्ड नं.–६ वडा कार्यालय र नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज सहकार्यमा निःशुल्क आँखाको जाँच शिविर आयोजना गरिएको थियो ।
    डुडुवा गाउँपालिका वार्ड नं.–६ सरस्वती माध्यमिक बिद्यालयको परिसरमा कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेको आयोजनामा गरिएका निःशुल्क आँखाको शिविरमा २ सय ५४ जनामा १ सय ५ जना महिला र १ साय ४९ जना पुरुषले आँखाको जाँच गराई लाभविन्त भएका छन् । जसमध्ये आँखा ३४ जना मोतीबिन्दू बिरामीलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रियाका लागी रिफर गरिएको समाजका उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक) ले बताएका छन् ।
    उक्त निःशुल्क शिविरमा फत्तेबाल आँखा अस्पतालका रेखा थारु, आरुती थारु, रबिना घर्ती, संगीता योगी, गंगा महत, सलिना चौधरीले प्राविधिकमा सहयोग गरेको बिजय कोरीले बताएका छन् । उक्त कोरी कल्याण समाज बाँकेका अध्यक्ष रामशंकर माधवदास, उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक) सचिव मिश्रीलाल कोरी, बिजय कोरी, बिशाल कौलिक, जिल्ला सदस्य भल्लु कोरी, राम बिलास कोरी, मनोज कोरी, लीला खत्री लगायतको सक्रियतामा निःशुल्क आँखाको शिविर सम्पन्न भएको छ ।
    निःशुल्क आँखा शिबिरमा डुडुवा गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष मोहनराम मिश्र र सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामधनी यादव, दशरथ प्रसाद कोरी लगायत कोरी कल्याण समाज बाँकेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेका अनुसार श्री सरस्वती माध्यमिक बिद्यालयको परिसरमा सञ्चालित आँखा शिविरमा डुडुवा गाउँपालिका वार्ड नं.–६ का भंघोटना, कालाबञ्जर, चौधरीपुर्वा, बल्दीपुर्वा, उधवपुर्वा, मुन्शपिुर्वा, महन्तपुर्वा, अहिरापुर, पटवारीपुर्वा, कोरियनपुर, बकौली, सिक्खनपुर्वा, सुन्दरपुर, आसमानपुर, फकिरेपुर्वा, दशरथपुर्वा, भज्जपुर्वा, जंगलीसिंहपुर्वा लगायत गाउँबाट आँखाका रोगीहरुको आँखाको जाँच गराई निःशुल्क औषधी प्राप्त गरेका छन् ।
    आँखा शिविर बाहेक कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेले स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा तथा कानको शिविर आयोजना गरिएको हो समाजसेवी तथा गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनका संस्थापक प्रदीप शाहले बताउनुभएको उहाँले फाउण्डेशनले स्वास्थ्य तथा अन्य क्षेत्रमा पनि निःशुल्क नागरिकहरूलाई सेवा प्रदान गर्ने गरेको बताउनुभएको छ ।
    जंगली प्रसाद(जेपी) कौलिकका अनुसार मोती बिन्दू आँखा अप्रेसन ८ हजार रुपैयामा हुने गर्दछ जसमा ५० प्रतिशत छूट गरी मात्र ४ हजार रुपैयामा अप्रसन हुने भएकोले फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा रिफर गरिएको बताएका छन् र छिटै यसरी अन्य ठाउँमा पनि शिविरको आयोजना गरिने बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology