नेपालगन्ज : मारवाडी महिला मंच र मारवाडी युवती मंचद्धारा आयोजित एक दिने मंसिर मेला नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जको धम्बोझी स्थित सिद्धार्थ कटेज होटलमा आयोजिक मंसिर मेलामा विभिन्न किसिमका स्टलहरु राखिएको थियो । करिव ३५ वटा स्टलमा कपडा, कास्मेटिक सामान, बुटिकका साडी, खानाका परिकार, ज्वैलरीका सामान लगायत विभिन्न प्रकारका सामानहरु राखिएको एक स्टलका प्रोप्राईटर पुजिता श्रेष्ठले बताउनुभयो । हरेक बर्ष लगाउने मेलामा विभिन्न खालका सामाग्री विक्रिवितरण गरिने गरेको नेपालगन्ज वडा नं. १० का स्थानियवासी तथा समाजसेवी, पत्रकार प्रज्वल श्रेष्ठले बताउनुभयो । मारवाडी समाजले लगाउने यस मेला उत्कृष्ट र रमाईलो हुने गरेको हुनाले यस्ता खाले अन्य समुदायका व्यवसायी समाजले व्यवासय प्रवद्र्धनका लागि मेला लगाउन आवश्यक रहेको प्रज्वल श्रेष्ठले बताउनुभयो । मेला विहान १० बजेदेखि संचालन भै साँझा ६ बजे समापन भएको थियो ।

