(Wednesday 28th of October 2026)
`

स्टार पाइप राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ब्राण्ड बनोस् : उद्योग मन्त्री भण्डारी

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको स्टार पोली पाईप इन्डष्ट्रिज प्रालिको शनिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
    नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा रहेको स्टार पोली पाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको हो । मन्त्रि भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
    युवाहरुले संचालन गरेको उद्योगलाई बजारीकरण तथा आपुर्तीका लागि सरकारले सहयोग गर्ने जानकारी गराउनुभयो । यो उद्योगले एनएस प्राप्त गर्न सवै प्रक्रिया पुगाएर उच्च स्तरको बजारीकरण गर्न मद्दत होस भनेर शुभकामना दिनुभएको छ । स्टार पाइप भन्ने वित्तिकै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ब्राण्ड बनोस यसमा राज्यको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
    उहाँले स्टार पोलिपाइपलाई लुम्बिनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामाग्रीको बजारीकरण गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।


    प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिई, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाईप तथा फिटिङको उत्पादन गर्दै आईरहेको जानकारी दिनुभयो ।
    कार्कीले बजारमा आर्थिक मन्दी भएपनि स्टार पोली पाईपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामाग्रीको उत्पादन गरिरहेको बताउनुभयो । कम्पनीमा लगभग सय जना कामदार रहेको जानकारी गराउनुभयो ।
    कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाईप तथा फिटिङहरु उत्पादन गर्दै आईरहेको कम्पनीका बिक्रि प्रमुख दिनेशराज विष्टले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रत्न खत्री, उद्योगी व्यवसायी, कामदार, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology