(Wednesday 28th of October 2026)
`

फूलखेतीलाई आम्दानीको श्रोत बनाउदै कृषक

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    कोहलपुर  : युरोपियन युनियन, अष्ट्रियन डेभलपमेन्ट को –अपरेशनको आर्थिक सहयोगमा र आड्रा नेपाल, एन्साब नेपाल , बि ग्रुप र फेकोफन को साझेदारीमा आयोजित सम्बर्धन परियोजना बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ ।
    सम्वर्धन परियोजनाले जैविक विविधताको संरक्षण, जिविकोपार्जन र उद्यम विकासमा टेवा पुर्याएको छ। यसै परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह (बी-ग्रुप) को आर्थिक सहयोगमा नमूना कृषक समूह, कोहलपुर १२, बाँके लाई पुष्प खेती अर्थात् हजारी फूलको खेती गर्न आवश्यक बिउ विजन र प्राविधिक सहयोग गरेपछि कृषकहरु आयआर्जन तर्फ उन्मुख हुदै गएका छन ।

    कोहलपुर नगरपालिका वडा न १२ को दाउन्नामा १३ कठ्ठा क्षेत्रफलमा हजारी फूल खेती गरे पछि समुहमा आबद्ध रहेका कृषकहरुको आम्दानीमा समेत बृद्धि भएको कृषक जय बहादुर बस्नेतले बताए । फूल खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने बारेमा पहिले आफुहरुलाई जानकारी थिएन तर बि ग्रुपले फूल खेतीको गर्नको लागी निशुल्क रुपमा वीउ र प्राविधिक सहयोग गरे पछि समुह मार्फत हजारी फूल खेती गरेको समुहकी कृषक जानकी थापाले बताइन । फूल बिक्रिबाट आएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको थापाको भनाइ रहेको छ । उन्नत जातको फूल भएकोले सबैले मनपराएको कृषक जय बहादुर बस्नेतले कोहलपुर टाइम्सलाई बताए । पछिल्लो समय भारतमा ज्यालादारीमा यहाँबाट काम गर्न जानेको सख्या पनि ठुलो मात्रमा रहेको छ । तर स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण यो नमुना कृषक समुहका सदस्यहरुले दिएका छन । एक सीजनको फूल बेचेर २ लाख सम्म आम्दानी गर्न सफल भएको नमुना कृषक समुहका जय बहादुर बस्नेतले बताए ।
    यता हजारी फूलको खेती गर्न आवश्यक बिउ विजन र प्राविधिक सहयोग गरे पश्चात तिहार देखि अहिले सम्म करिब २ लाख बराबरको आम्दानी गर्न कृषकहरु सफल भएको र फूलखेती तर्फ पनि उत्साहित भएको संवर्धन परियोजनाका कृषि तथा उद्यम विकास संयोजक दीक्षा जोशीले बताइन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology