नेपालगन्ज : बाँकेका कलाकर्मीहरुलाई एकतावद्ध बनाउने उद्देश्यका साथ बाँकेमा बाँके कला केन्द्र तदर्थ कमिटि गठन गरिएको छ । शुक्रवार नेपालगन्जको सरस्वती संगितालयमा कलाकर्मीहरुको प्रथम भेलाले बाँके कला केन्द्र गठन गरिएको हो । तदर्थ कमिटिको अध्यक्षमा सुन्दर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै कला केन्द्रको सदस्यहरुमा जित बहादुर थापा, गणेश विष्ट, अनिता विक, ऋतु सिंह, अर्चना, मदन लामा, विरेन्द्र यादव, भगतराम थारु, मिलन गुरुङ, जिनु हक, खेगेन्द्र गौतम र नितेश विक सर्वसम्मत चयन भएका हुन् ।
१३ जनाको कमिटिको सल्लाहकारमा कमल विके निर्मोही, दमन कुमार श्रेष्ठ, राजकुमार सापकोटा, राकेश गुरुङ, लगायत ४ जना सल्लाहकारमा चयन भएका छन् । कमिटिले छिट्टै संस्था दर्ता गरेर कलाकर्मीहरुको हकहित र कलाकारहरुलाई उत्पादनमा बृद्धि गर्न जोड दिने अध्यक्ष गुरुङले बताउनुभयो । कलाकर्मीहरुको प्रथम भेलामा नृत्य निर्देशक नवराज सुवेदी, भरत महतो, अशोक कर्मचार्य, श्यामानन्द सिंह, जयनारायण शाह लगायत ५० बढि कलाकर्मीहरुको सहभागिता रहेको थियो । प्रथम भेलाको अध्यक्षता सरस्वती संगीतालयका अध्यक्ष विरेन्द्र बहादुर यादवले गर्नुभएको थियो ।
