(Saturday 25th of July 2026)
`

नेपालगन्ज रनवे २०२४ तेस्रो संस्करणको भव्य तयारी

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा फेसन र मोडलिङ क्षेत्रलाई प्रोत्साहन गर्दै “नेपालगन्ज रनवे २०२४ को तेस्रो संस्करण आगामी असोज १९ गते आयोजना हुन गइरहेको छ । आयोजकले शनिबार पत्रकार भेटघाट मार्फत नेपालगन्ज रनवे २०२४ को तेस्रो संस्करण आगामी असोज १९ गते आयोजना हुन गइरहेको जानकारी गराएको हो ।
    नेपालगन्ज रनवे कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उभिन सहयोग पु¥याउँदै आएको ओवन क्रेटिशन प्रिजेन्टका प्रमुख प्रेमा ओलीले जानकारी गराएकी छिन् ।
    फेसन, कला, र सामाजिक उत्तरदायित्वलाई जोड्दै, यस कार्यक्रमले विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरूलाई एकै मञ्चमा ल्याउने योजना बनाएको छ । कार्यक्रममा सामाजिक अभियन्ता सहिल अन्सारी, मेकअप आर्टिस्ट दिया पुन, र नेपालगञ्ज रनवे २०२२ कि विजेता सुप्रिया पुन लगायतको उपस्थिति रहनेछ ।
    फेसन शोमा अफिसियल फेसन डिजाइनरका रूपमा पोखराबाट प्रख्यात डिजाइनर अमित बराल आउने भएका छन् । उनले २०२० मा “मिस युनिभर्स नेपाल” का लागि पनि आफ्नो डिजाइन प्रस्तुत गरिसकेका छन् । साथै, नेपालको नम्बर १ फेसन शो “टि एन जे फ्यासन शो” मा पनि उनी संलग्न रहेका छन् ।
    मोडलिङ क्षेत्रलाई थप व्यवसायिकता दिने हेतुले यस कार्यक्रममा पाँच वर्षदेखि सक्रिय सिनियर कोरियोग्राफर रेशम न्यौपाने पनि सहभागी हुँदै आएका छ्न । रेशमले नेपालका विभिन्न ठूला फेसन कार्यक्रमहरूमा काम गरिसकेका छन् र युवा मोडलहरूलाई मार्गदर्शन गर्दै आएका छन् ।
    यस संस्करणको विशेष आकर्षण भनेको मिस युनिभर्स नेपाल २०२२, सोफिया भुजेलको उपस्थिति हो । उनले कार्यक्रमको निर्णायक मण्डलमा शो टपर चयन गर्न महत्वपूर्ण भूमिका खेल्नेछिन् । कार्यक्रमको अफिसियल मेकअप आर्टिस्टको रूपमा “दिया मेकअप स्टुडियो’ रहनेछ भने “शारदा एजुकेसन पार्क’ एजुकेसन पार्टनरको रूपमा रहेको छ । “नेपालगन्ज रनवे २०२४” ले मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । यस संस्करणले पनि फेसन प्रेमीहरूका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ ।
    कार्यक्रमका अन्य पार्टनरहरूमा “गुन्यो चोलो’ बुटिक पार्टनर, “जस्ट बे क्याजुअल’ फेन्सी ड्रेस पार्टनर, ’रेड चिल्ली लोरा’ हस्पिटालिटि पार्टनर र “नेपालगन्ज स्किन सेन्टर’ स्किन केयर पार्टनरको रूपमा रहेका छन् । सामाजिक उत्तरदायित्वका साथ आयोजना हुने यस कार्यक्रममा “सम्भावना फाउन्डेसन” सोसियल अर्गनाइजेसन पार्टनर रहेको छ भने “शुभारम्भ नेपाल” ट्रेडिशनल वेयर्स पार्टनरको रूपमा रहेको छ ।
    यस वर्षको नेपालगन्ज रनवे कार्यक्रमको अडिसन असोज १९ गते रेड चिल्ली लोरामा हुने भएको छ । इच्छुक सहभागीहरूले यस कार्यक्रमको लागि रेड चिल्ली लोरा सम्पर्क गरेर आवेदन फारम भर्न सक्नेछन् । कार्यक्रमले विशेष गरी नयाँ मोडलहरूलाई मौका दिने भएकोले, मोडलिङ क्षेत्रमा भविष्य खोजिरहेका युवायुवतीहरूका लागि यो एक उत्कृष्ट अवसर हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology