(Wednesday 28th of October 2026)
`

बस दुर्घटना हुँदा मृतक तिन जनाको सनाखत

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज, । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु भएका तिन जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
    दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज नजिकै गनापुरमा बिहीबार दिउँसो दुर्घटनामा परेको थियो ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुसाल, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ, घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको हो । मृतक ओली बसका यात्रु र भुसाल बसका सह–चालक रहेको उहाँले बताउनुभयो ।
    तिनै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला जनाउँदै डिएसपी डाँगीले दुर्घटनामा परी घाइते हुनु भएका २७ मध्ये २६ जनाको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
    प्रहरी प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ जनाको उपचार भइरहेको छ भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचार भइरहेको छ ।
    उहाँले घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा उहाँ सामान्य घाइते भएकोले डिस्चार्ज भइसकेको बताउनुभयो । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
    सिसिटिभी फुटेजमा तीव्र गतिमा आइरहेको बसले विपरीत दिसाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा पल्टिएको र पल्टिएको बस मोटरसाइकलमा ठोक्किएको देखिएको छ ।
    तर बसका चालकले भने बसको पट्टा भाँचिएर बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक बयान प्रहरीलाई दिएको बताइएको छ ।
    दुर्घटनाको खबर आउने बित्तिकै जनपथ प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयको सहयोगमा उद्धार तथा बचाउ कार्य गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology