(Wednesday 28th of October 2026)
`

होपका विद्यार्थीहरु एनसीसी तालिम लिदै, नेपाली सेनाद्धारा आइतवार अनुगमन

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज : विद्यार्थीहरूले भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिका स्थित होप इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुलाई नेशनल काडिट क्रोप्र्स (ल्ऋऋ) तालिम प्रदान गरिदै छ । श्री राष्ट्रिय सेवा दलद्वारा होप इन्टरनेशनल एकेडेमीका बालवालिकाहरुलाई असार १४ गतेदेखि तालिम प्रदान गर्दै आएको हो । नेपालमा ५० औं जुनियर डिभिजन तालिम होप इन्टरनेश्नलका विद्यार्थीले लिदै आएका छन् । करिब २ महिनाको तालिम पश्चात आइतवार नेशनल काडिट क्रोप्र्स तालिमको आइतवार अनुगमन गरिएको छ ।
    तालिमको अनुगमन श्री राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेका शिक्षा अधिकृत प्रमुख सेनानी बालकृष्ण कार्की, सुवेदार गोपाल वहादुर शाही, जमदार केसर खत्री, सुर्य प्रसाद सुवेदी, शिक्षक, अभिभावक, लगायतले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा तालिम शिक्षालयका प्रमुख कार्कीले अहिलेका युवा देशका कर्णधार भएको हुनाले युवाले परिस्थिती अनुसार आफ्नो सहि दिशा निर्धारण गरिने बताउनुभयो । तालिममा शैनिक पोसाकमा ज्ञान मात्र नभई विभिन्न प्राकिृतिक सांस्कृति, परम्परा संस्कारबाट ईतिहास प्राप्त गर्न सकिने प्रमुख कार्कीले बताउनुभयो ।


    नेशनल काडिट क्रोप्र्सले युवाहरूमा देशभक्ति, अनुशासन, र नेतृत्व विकास गराउने उद्देश्य रहेको छ । यसले विद्यार्थीहरूलाई शारीरिक फिटनेस, आत्म–रक्षा, र नागरिक कर्तव्यहरूमा तालिम प्रदान गर्ने गर्दै आएको उहाँले बताउनुभयो । युवाहरूमा राष्ट्रप्रति माया र सम्मान बढाउने, जीवनमा अनुशासनको महत्व बुझाउने, नेतृत्व कौशल विकास गर्दै जिम्मेवारी लिन प्रेरित गर्ने प्रमुख लक्ष्य रहेको प्रमुख कार्कीले बताउनुभयो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्नु, समाजसेवामा सहभागी गराउँदै समाजप्रति उत्तरदायित्वको भावना विकास गराउनु, शारीरिक प्रशिक्षणः परेड, ड्रिल, र विभिन्न शारीरिक व्यायामहरू, वातावरण संरक्षण, स्वच्छता अभियान, वार्षिक रूपमा आयोजित गरिने तालिम शिविरहरू, जसमा विद्यार्थीहरूलाई बाँच्ने कला, आत्म–रक्षा, र विपद व्यवस्थापन सिकाउने गरिएको उहाँले बताउनुभयो । तालिमको अनुगमनमा प्रध्यानाध्यापक केशवा रेग्मी, फाउन्डर सुरेश गौतम, सम्बन्धित शिक्षक र क्याडेट छात्र÷छात्रा र अभिभावकहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षक राम बहादुर चैधरी र प्रदिप रावतले दिईरहनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology