नेपालगन्ज : नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा जुत्ता भिजायो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरितालिका तिज नजिकिदै गएसंगै तीज गितको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेका छन् । चर्चित गायीका लक्ष्मी विसी र चर्चित गायीका बालिका तामाङको स्वरमा रहेको तिज गित जुत्ता भिजायो बिहीवार सार्वजनिक भएको हो । जुत्ता भिजायो गितको म्युजिक र एरेञ्जमा आर्यम सुनारले साथ दिनुभएको छ भने रेकडिष्टमा स्वरुप पाठकको साथ रहेको छ ।
यस्तै जुत्ता भिजायो गितको डाइरेक्सन विश्वजित प्रसाद रामदमले गर्नुभएको छ भने कोरियोग्राफी अन्जना बस्नेतले गर्नुभएको छ । जुत्ता भिजायो गितको म्युजिक भिडियोमा कलाकार बर्षा बस्नेत, आयुश्मा रायमाझी, ओसिन सुनार, आराध्या गोटामीको मुख्य भुमिका रहेको छ । म्युजिक भिडियोको कलर तथा ईडिटिङ अनिस खडका र सुनिल विश्कर्माले गर्नुभएको छ । जुत्ता भिजायो तिज गितको म्युजिक भिडियो आरिम सुनारको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
