(Saturday 25th of July 2026)
`

बिग्रुपले ग¥यो राप्तीसोनारीमा सार्वजनिक सुनवाई

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज : राप्तीसोनारीको कृषि पर्यावरणिय क्षेत्रमा दिगोजिविकोपार्जनका लागि विपद् र जलवायु परिवर्तन उत्थानसिलता प्रवद्र्धन कार्यक्रम अन्तरगत सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
    अओ इन्टरनेशनलको आर्थिक सहयोग र भेरी वातावरणिय विशिष्टता समूह (बि ग्रुप) को सहकार्यमा सन्चालित जलबायु परिवर्तन अनुकूलन तथा विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत यस बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा परियोजनाले आ. ब. २०२३ र २०२४ मा सम्पन्न तथा संचालनमा रहेका परियोजनाका क्रियाकलापको सार्वजानिक लेखापरिक्षण सरोकारवालाहरु बिच आवश्यक छलफल तथा परियोजनाको प्रस्तुती र प्रतिक्रिया सहितको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।
    राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष तप्त प्रसाद पौडेलको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर ऐडी, उपाध्यक्ष मनिषा सिंह थारु, परियोजनाका सामाजिक परिचालकहरु, कर्मचारी, जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, सामुदायिक वनका पदाधिकारी, कृषक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
    परियोजनाले बिपद उत्थानशिलता लक्षित लाभग्रहीले जलवायू परिवर्तन तथा बिपद जोखिम न्यूुनिकरण तयारीका लागि चेतना अभिबृद्धि गर्दे आएको छ । बाढीग्रस्त क्षेत्रका ३३४ जना महिला १६६ जना पुरुषहरु राप्तीसोनारी गाउपालिकाको वडा नं. २,३,४ र ५ का ५०० जना २० वटा टोल बिकास समितिमा आवद्ध भई कार्य गर्दै आएको परियोजनाले सार्वजनिक सुनवाई कार्यक्रममा जानकारी गराएको छ । २० वटा टोल बिकास समितिहरुले आफना टोलको प्रकोप तथा संकटासन्न नक्सा कोरेका छन र ति नक्साहरुका होर्डि¨बोर्ड समुदायमा सुचना तथा सचेतनाका लागि जडान गरि सचेतना जगाउदै आएको परियोजनाका संयोजक भुवन कार्कीले जानकारी गराउनुभयो ।
    टोल बिकास समितिहरुको सामदायीक बिपद ब्यबस्थापन गठन गरी ४ प्रकारका कार्यदल जस्तैः खोज तथा उद्दार, प्राथामिक उपचार, पुर्व सुचना तथा संचार र राहत बितरण व्यबस्थापन गठन गरी जिम्मेवारी बांडफांड गरि कार्यविभाजन गरिएको छ ।
    टोल बिकास समितिहरुले अति जोखिम स्थान पहिचान गर्नुका साथै उक्त स्थानको लगि उपयुक्त साना अल्पीकरणका आयोजनाहरु छनौट गरी प्रस्ताव पेश गरी सुरक्षित बाटोका लागि कलभर्ट, पानी निकास तथा माटो कटान बिरुद्ध तटबन्धन निर्माण गरेका छन यसले ५ देखी १० हेक्टर जमिन संरक्षण गर्न सहयोग भएको जनाएको छ ।


    परियोजनाले २०२४ मा सामुदायीक वन उपभोक्ता समितिलाइ फलफका बिरुवा, सिचाइ र काडेतार सहयोग आय आर्जन र बाताबरण संरक्षणका लागि श्री दुर्गा भवानी सामुदायीक वन उपभोक्ता समिति राप्तीसोनारी गा.प. वडा नं. २ शम्शेरगंजमा सुन कागती प्रजातिको कलमी विरुवा ८८५ वटा , लिची कलमी विरुवा १५७ थान, बेलको विरुवा १३८ र सितलचिनिको ३९ थान गरी जम्मा १२१९ वटा विरुवा रोपेको छ ।
    बिपद जोखिम न्यनिकरणका लागि साना स्केलका अल्पीकरणका उपाय तटबन्धन निर्माण सहयोग, टडुवा सामुदायीक विपद ब्यबस्थापन समिति राप्तीसोनारी वडा नं. ५ मा सुरक्षित बाटोका लागि कलभर्ट निर्माण कार्य, शिद्धेश्वरी सामुदायीक वन उपभोक्ता समिति राप्तीसोनारी गा.पा. वडा नं. ५ चिलहरिया÷टडुवा र श्री जय दुर्गा भवानी सामुदायीक वन उपभोक्ता समिति राप्तीसोनारी गा.पा. वडा नं. २ कचनापुरलाइ ठुलो प्रजातिको बांसको विरुवा ३५४, र अम्रिसो विरुवा ९४४ थान गरी जम्मा १२९८ थान विरुवा ठुलो प्रजातिको बांसको विरुवा ३५४, निंगालो बांसको विरुवा ७०८ थान र अम्रिसो विरुवा ४७२ थान गरी जम्मा १५३४ थान विरुवा उपलब्ध गराइएको परियोजनाका संयोजक भुवन कार्कीले जानकारी गराउनुभयो । सार्वजनिक सुनवाई कार्यक्रमको सहकार्य प्रशिक्षक प्रकाश उपाध्यायले गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य बिग्रुपका सचिव कालिका बस्नेतले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology