(Wednesday 28th of October 2026)
`

सिद्दिविनायक लायन्स क्लवद्वारा स्कुल पोषाक हस्तान्तरण

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज : बाँकेको श्री आदर्श माध्यमिक विद्यालय राँझामा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका ७० जना विद्यार्थीहरुलाई एक भव्य समारोहका बीच स्कूल पोषाक वितरण गरिएको छ ।
    अति विपन्न विद्यार्थीहरुलाई लायन्स क्लव अफ नेपालगन्ज सिद्दिविनायकको आयोजनामा ७० जना विद्यार्थीलाई स्कूल पोषाक सहयोग उपलब्ध गरिएको हो । क्लवको २०२४/२५ को अध्यक्ष ला. गिता उपाध्यायको अध्यक्षता र रिजन ला.श्याम कुमार शर्माको प्रमुख आतिथ्यता, अतिथि ड्रिष्टिकको चिफ ला.डिल्ली राज रेग्मी, प्राचार्य श्री प्रकाश आचार्य, पुर्व अध्यक्षहरु ला. चिरञ्जीवी ढकाल, ला.उत्तर कुमार गौतम, ला.नारायण भण्डारी, ला.रविन्द्र लामिछाने, ला.शिवेन्द्र भण्डारी सदस्य ला. कृष्ण बहादुर वुढाथोकी, शिक्षिका, एवम विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।
    कार्यक्रमका लागि बाँके बस्त्रालयका संचालक एवम् क्लवका पुर्व अध्यक्ष ला.अन्सुल रस्तोगीले तीस हजार रुपैयाँ बराबरको कपडा उपलब्ध गराउनु भएको थियो ।
    पोषाक हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै रिजन चियर पर्सन ला.श्याम कुमार शर्मा, जोन चियर पर्सन ला.शिव दहालले आगामी दिनमा पनि थप सहयोग उपलब्ध गराउने वचन दिनुभयो भने प्राचार्य आचार्यले विगतमा पनि विद्यालयले क्लवबाट विभिन्न खाले सहयोग पाउदै आएको र आगामी दिनमा पनि यस्तै मनकारी हातले निरन्तरताको अपेक्षा रहेको भनाइ राख्नु भएको थियो । ला. उत्तर कुमार गौतमले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन नि व सचिव समेत रहेका ला. शिवेन्द्र भण्डारीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology