(Friday 11th of September 2026)
`

राप्तीमा बाढी ज्यानभन्दा दाउराको माया

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    बाँके : बाँकेको डुडुवा गाउँवपालिका सिधनियाघाट आसपास राप्ती नदीमा पानीको बहाव बढेको देखिएको छ । तर स्थानीयलाई त्यसको प्रवाह छैन ।
    पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लाग्ने गरेको हुन्छ । उनिहरुलाई ज्यानको समेत चिन्ता छैन । युवादेखि बुढासम्म नदिमा हाफ फाल्दै दाउरा संकलन गर्न व्यस्त हुने गरेका छन् ।
    डुडुवा–४ का पल्लवी वर्मा दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउँछिन् । नदिमा बाढीसँगै आएका दाउरा टिपरे उनले आठ क्विन्टल दाउरा जम्मा गरेको बताइन् । वर्माले संकलन गरिएकामध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको बताउँछिन् ।
    घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ महिला कलावति यादव ले भनिन् “बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।” उनि यसरी नै करिब नौ क्विन्टल दाउरा जम्मा गरेको बताउँछिन् ।
    बाढीले बैजापुर, कचनापुर, बिनौना, टेपरी, फत्तेपुर, पिप्रहवा, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, पिप्रहवा, खडैचा लगायतका क्षेत्र डुवानमा पर्ने खतरा रहँदै आएको छ ।
    पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन बाँके प्रशासनले आग्रह गरेको छ । तर, दाउराको समस्या समाधानका लागि स्थानीय भेलसँगै नदिमा हामफाल्न छोडदैनन् ।
    स्थानीय शेखर अन्सारी पनि १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको बताउँछन् । जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरि सुरक्षा व्यवस्था मिलाउन बाँके प्रशासनलाई हम्मे परेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology