कलेज प्रमुख अधिकारीले २०२३ सम्म BBA/BBA फाइनान्स मात्र पढाई हुने गरेता पनि २०२४ बाट MBA/MBA फाईनान्स पढाईरहेको बताउनु भएको छ । गएको १५ बर्षमा करिव २००० विद्यार्थी पास आउट भएका छन् जसमध्ये १९२ जना डिनले अवाडेर्ड गरेको छ । Atlantic International College मा पढेर पास आउट भएका ४० प्रतिशत विद्यार्थी नेपालका फाइनान्स, बैकहरुमा कार्यरत रहेको पाइन्छ ।
कलेज प्रमुख अधिकारी भन्नुहुन्छ, Atlantic International College का विद्यार्थीहरुलाई नेपालमा नै प्राक्टिकल गराई दक्ष बनायर नेपालमा नै रोजगार दिन सफल भएका छौं । उहाँले सकभर कुनै पनि कलेज पढ्ने विद्यार्थीहरु स्वदेश मै रोजगार गर्नु पर्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी कलेजको प्रशासनको व्यावस्थापन हेरीरहनु भएका दिनेश अधिकारीले कलेजको वातावरण अत्यन्तै शान्त, उत्कृष्ट रहेको बताउनु भएको छ । उहाँले शान्त र उत्कृष्ट ढंगवाट विभिन्न स्रोत साधनहरु सवै परिचालन गरी विद्यार्थीहरुलाई अनुशन्धानमूलक शिक्षा दिनको लागि राम्रो व्यवस्थापन गरेको बताउनु हुन्छ ।
उहाँले विद्यार्थीहरुलाई कलेजमा पढ्दादेखिनै प्रतिस्पर्धा कसरी गर्नुपर्छ ? व्यवहारिक रुपमा अन्य बैकहरुसँग,फाइनान्सहरुसँग समन्वय गरेर दक्ष कसरी बन्न सकिन्छ भन्ने कुरालाई जोड दिदै आएको बताउनु हुन्छ । १५ बर्षको प्रगतिले Atlantic International College का विद्यार्थी उत्पादन गर्ने व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरेको स्पष्ट देखिन्छ । उहाँले विद्यार्थीहरुलाई सवल बनाउनको लागि नविल बैकसँग MOU गरिसकेका छौ साथै अन्य बैकहरुसँग पनि MOU गर्ने तयारी भईरहेको बताउनु भएको छ ।