नेपालगन्ज, नेपाल खेलकुद महासंघ बाँकेद्धारा १५०० मि. दौड प्रतियोगिता सम्पन्न गरेको छ । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ सि गाउँ चौधरीपुर भट्टा चोक देखि सुरु भएको दौड श्री अमर मा.बि. गौतम बस्तीसम्म तय गरिएको थियो । जिल्लाका करिव २० वटा बिद्यालयका छात्र–छात्रा सहभागीता रहेको कार्यक्रममा श्री अमर माध्यामीक बिद्यालयका खेलाडीे सुमन सुनार र बिनिता परलामीले प्रथम स्थान हाँसील गरेका थिए ।
छात्र तर्फ क्रमश श्री जय जनता माध्यामीक बिद्यालय नेपालगन्ज २० नयाँबस्तीका रुपेभ थारु द्धितिय स्थान, श्री आदर्श माध्यामीक बिद्यालय खजुराका प्रशान्त गुरुङ्गले प्राप्त गरेका थिए । त्यसैगरि छात्र तर्फ जिवन ज्योती माध्यामीक बिद्यालय की छात्रा शिवानी बि.क.ले द्धितिय स्थान र सोही बिद्यालयकी मनिषा बि.क.ले हाँसील गरेका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले रु ३,०००, द्वितिय स्थान प्राप्त गर्नेले रु २०००, तृतीय स्थान प्राप्त गर्नेले रु १००० र सान्त्वना रु ५ सय रुपैयाँ २÷२ जना छात्र–छात्रालाई दिनु का साथै प्रमाण पत्र र मेडलहरु प्रदान गरिएको थियो । र साथै सहभागी सम्पूर्णलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ ।
नेपाल खेलकुद माहासंघ स्थाई कमिटी सदस्य तथा लुम्विनी इन्चार्ज, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य किष्णा पाठक प्रमूख अतिथि रहेको कार्यक्रममा, नेकपा एमाले जिल्ला कमिटी सचिव बलराम भट्टराई बिशिष्ट अतिथी रहेका थिए । महासंघका अध्यक्ष होम सुनारको अध्यक्षतामा संचालित कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष धनिराम वली, लुम्बिनी प्रदेश खेलकूद बिकास समिती सदस्य डि.बी. तामाङ्ग, खजुरा गाउँपालिका खेलकूद बिकास समिती सदस्य सचिव, नेकपा एमाले नेपालगञ्ज उपमाहानगर कमिटी अध्यक्ष मोहीत शाह, नेकपा एमाले खजुरा गाउँपालिका अध्यक्ष देवीराम खनाल, नेकपा माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राजकुमार बि.क, खजुरा गाउँपालिका राष्ट्रिय स्वतंन्त्र पार्टीका सभापति कुमार गिरी,देबेन्द्र रावल, श्री अमर मा.बि.का बिद्यालय व्यवस्थापन समिती अध्यक्ष परशुराम डडेल, सोही बिद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा महासंघका सचिव संजित वलीले संचालन गरेका थिए भने सहजिकरण उपाध्यक्ष शिबेन्द्र भण्डारी ले गरेका थिए । उपसचिव पदम बुढाथोकी, केषाध्यक्ष चित्रा श्रीस, सदस्यहरु गगन बि.सी., गौतम श्रेष्ठ लगाएतका कार्यसमिती पदाधिकारी सदस्यहरुद्धारा खेल प्राबिधिकको रुपमा काम गरि कार्यक्रम सफल बनाएका थिए । कार्यक्रम को मुख्य प्रायोजकको रुपमा बर्मा भुष खाद्य सप्लायर्सका आकाश बर्मा रहेका थिए भने सह प्रायोजकमा अर्थ जोय स्टोरका गगन बि.सिले गरेका थिए ।
