नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिना सुरु भएदेखि धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । साउन महिना सुरु भएसंगै सन्तानेश्वर मन्दिरमा पुजाआजा गर्नेको भिड लाग्न सुरु भएको हो । नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जंगलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । जंगल त्यसमा पनि पहाडको डाँडाकाँडाको हरियो दृश्य अवलोकन गर्दै सन्तानेश्वर मन्दिर पुग्न सकिन्छ । ग्रुपमा मन्दिर आउने जानेको भिड नै लाग्ने गरेको छ एक भक्तजनले भन्नुभयो । म हरेक सोमवार पुजाअराधनाको लागि सन्तानेश्वर मन्दिर आउने गर्दछु भारतको बहराईचबाट आएका भक्तजन दिनेश कुमार बर्माले भन्नुभयो । यहाँ पुजाआजका लागि आएपछि मनको शान्ति र आनन्दायी मिल्ने गरेको उहाँले भन्नुभयो ।
सन्तानेश्वर मन्दिर यतिराम्रो ठाउँमा छ जहाँ भगवानको बास छ भन्ने कसैलाई थाहा थिएन थाहा पाएदेखि नै यस मन्दिरको चहलपहल भएको उहाँले बताउनुहुन्छ । थाहा पाएदेखि हामी पनि ग्रुपमा यस मन्दिरमा दर्शन गर्न आउने गर्दछौं अर्का भारतका भक्तजन सुरेश कुमार यादवले भन्नुभयो । यस मन्दिरको दर्शले आफुले मागेका भाकल पुरा हुने गरेको उहाँले बताउनुभयो । मनदेखि मागेको इच्छा पुरा हुने मनोकाङक्षा रहेको यादवले बताउनुभयो । सयौ दर्शनार्थी भारतबाट यस धार्मिक मन्दिरमा पुजाआजका लागि आउने गरेको उहाँले बताउनुभयो ।
सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पनि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिनुभयो । महिलेदेखि यस मन्दिरमा मागेको मनोकामना पुरा भएकै कारण यहाँ आउने भक्तजनले आफै सहयोग गर्दै र भण्डारा गर्दै आएको पुजारी गिरीले बताउनुभयो ।

सरकारले र यहाँका समाजले यस मन्दिरलाई सहयोग नगरेको पुजारी गिरीले बताउनुहुन्छ । मन्दिर दुर्गम ठाउँमा रहेको हुनाले यहाँ आउने भक्तजनहरुलाई पानी र ठाउँ ठाउँमा विश्राम गर्ने साना साना प्रतिक्षालय भएको यहाँ आउने भक्तजनहरुलाई सहज हुने उहाँले बताउनुभयो ।
रमणिय दृश्य झन पहाडको डाडा अवलोकन र मन्दिरको पुजा समेत गर्न पाउने भएको हुनाले यहाँ दैनिक सयौको संख्यामा पुजाआज गर्न आउने गरेको पुजारी गिरीले बताउनुहुन्छ । यहाँसम्म आउनलाई बाटोको समस्या छ यसको मर्मत सम्भारको लागि सवैले पहल गर्न आवश्यक छ उहाँले भन्नुभयो । पुजा गर्न आउन पनि समस्या छ कतिपय मोटरसाइकलबाट लडेको पनि सुनिन्छ पुजारीले भन्नुभयो । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएकोे नरैनापुरका सोहनलाल यादव बताउँनुहुन्छ । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जंगलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ उहाँले भन्नुभयो म आफै महिनामा एकपटक जसरी पनि समय मिलाएर पुजा गर्न पुग्ने गरेको छु । बाँकेमा नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभवानी मन्दिर र बर्फानीबाबा मन्दिर, राँझाको पशुपति मन्दिर, कम्दीको दुर्गा मन्दिर र कम्मरशाह बाबा, फुल्टेक्राको हडियाबाबा मन्दिर, सरस्वती मन्दिर, कृष्ण मन्दिर र नरैनापुरको सन्तानेश्वर मन्दिर प्रख्यात रहेका छन् ।

