(Wednesday 28th of October 2026)
`

स्थानिय सरकारले पनि हामीलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरे – मुक्तकमैया

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES

    नेपालगन्ज – देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २४ औं वर्ष आज (बुधवार) पुरा भएको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको दिनको रुपमा उनिहरुले उत्सव मनाउदै आएका हुन् । सरकारले मुक्त घोषणा गरेको २४ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन नसकेको भन्दै मुक्त कमैया कमलरी खासै उत्साहित नभएको उनिहरुले बताएका छन् । कमैया प्रथाको अन्त्य भएको २४ बर्ष भईसक्दा समेत पुर्व कमलरी सुमिता थारु भने सन्तुष्टि हुन सक्नुभएको छैन् ।
    मालिकको घरमा नरकिय दासताको जिवनबाट मुक्त भएको २४ औं बर्ष पुग्दा समेत बिडम्बना भन्नुपर्छ हामी खुसी छैनौ उहाँले भन्नुभयो । पुर्व कमलरी सुमिता मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष समेत हुनुहुन्छ । दासताको जिवनबाट मुक्त भएको २४ औं बर्ष बितिसक्दापनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसकेको उहाँ बताउनुहुन्छ । सरकारका कारण अहिले मुक्त कमलरी तथा मुक्त कमैयाले पनि सास्ती खेप्न परेको उहाँको भनाई रहेको छ ।
    राज्यले कमैया मुक्त घोषणा त ग¥यो तर संरक्षण भने गर्न नसकेको उहाँको भनाई छ । पुर्ब कमलरी सुमिताले आन्दोलनको ति कहाली लाग्दो बिगतलाई स्मरण गराउँदै पुर्व कमलरीहरुको माग घोषणा पत्रमा मात्रै सिमित रहेको ठह¥याउनुभएको छ । २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमैया र सरकारबीच १० बुँदे सहमति भएको थियो । उक्त सहमति अझैसम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारसँग भएको १० बुँदेमध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा रहेको अन्य सात बुँदाहरू अझैपनि कार्यान्वयका लागि सरकार मौन रहेको हुनाले यसलाई कार्यान्वयन कहिले गर्ने मुक्त कमैया समाज लुम्बिनी प्रदेश कोषाध्यक्ष चिनका थारुले भन्नुभयो ।
    “हामीले आफ्ना समस्या राज्यलाई सुनाउन थालेको २४ बर्ष पुरा हुदा पनि समाधानको बाटो नखोज्नु हामी सोधा थारुलाई राज्यले अपहेलना गरेको कोषाध्यक्ष थारुले भन्नुभयो । सरकारले हामीलाई जेल मुक्त त ग¥यो तर सजाय भने यस्तै दिईरहेको छ उहाँले भन्नुभयो । हामी राज्यको चासोको विषयक बनेनौ । सरकारले कमैया मुक्ति पछि आशा मात्रै देखायो उहाँले निरास हुदै भन्नुभयो । हामीलाई हौसला मात्रै होइन अधिकार पनि चाहिन्छ थारुले भन्नुभयो ।


    कमैया बस्दाको पिडाले भन्दा राज्यले देखाएका आशा पुरा नहुँदा मन भारी हुन्छ उहाँले आक्रोश हुदै भन्नुभयो । राज्यले हाम्रो समस्यालाई चासो दिए पक्कै समाधान हुन्थ्यो । “पुर्ब कमैयासंग जग्गा छ लालपुर्जा छैन, लालपुर्जा छ लालपुर्जाको फाइदा लिन सकेका छैनन । पुर्व कमैयाहरुलाई अन्याय नै भएको छ । जग्गा दिएर मात्र भएन नक्सा र श्रेष्ता पनि राज्यले कायम गरे उनिहरुले जग्गा धितो राखेर पनि आफै केही गर्न सक्ने थिए र आत्मनिर्भर बन्ने उनिहरुले भनाई राखेका थिए । यस्तै कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले पुर्व कमैयाहरुको समस्याको समाधान गर्न पुर्ब कमैया आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो । पुर्व कमैयाहरुको उत्थानका लागि आफु र पालिकाबाट पुर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
    उपमेयर सुवेदीले स्थानिय सरकारसंग सहकार्य गर्न थारु समुदायकै अगुवा नेताबाट पहल गर्न आग्रह गर्नुभयो । उहाँले मुक्त कमैयाका लागि मात्र नभई उत्पिडित समुदायका लागि विभिन्न खाले सिप मुलक तालिम नगरपालिकाले गर्दै आएको बताउनुभयो । मुक्त कमैया समाज बाँकेमा अध्यक्ष जोखन थारुको अध्यक्षमा भएको २४ औं मुक्ति दिवस कार्यक्रम भएको थियो । मुक्ति दिवसको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ११ को मुक्तकमैया वस्तीबाट निस्केको ¥याली कोहलपुरको चौराहा, नेपालगन्ज रोड, पुरानो बसपार्क हुदै पुन कोहलपुर ११ को लोकनगरमा पुगि सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology