(Saturday 25th of July 2026)
`

तारकेश्वर डाँडागाउँमा खुल्यो सिवांगी ब्युटी जोन

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शुक्रबारदेखी सञ्चालनमा आएको हो । डेढ दशक भन्दा लामो समयदेखी मोडलिङ र गायन क्षेत्रमा आवद्ध रहेका लामा विगत ५ वर्ष भन्दा लामो समयदेखी सौन्दर्य क्षेत्रमा पनि काम गर्दै आइरहेकी छिन । सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि १ हजार रुपैँयामा फेसियल र दुई हजार ५ सय रुपैँयामा हेयर स्ट्रेड गर्ने बताए । साथै कुनै पनि कस्मेटिक सामानमा ५ देखी १० प्रतिशतसम्म छुट दिने पनि बताए ।
    गायक एंव संगीतकार विशाल योन्जन तामाङको प्रमुख आतिथ्यतामा सिवांगी ब्युटी जोनको उदघाटन गरेका हुन । उनले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिवांगी ब्युटी जोनलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । कलाकारितासंगै व्यवसायमा हात हालेकी मन्जिरा लामालाई हौसला प्रदान गर्नुका साथै थप प्रगतिको कामना पनि गरे ।
    कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु, कलाकार, पत्रकार, पहिलादेखी नै आइरहनुभएका ग्राहकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology