(Wednesday 28th of October 2026)
`

बजाज पल्सर एन १५० बजारमा

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    बर्दिया : नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलाशचन्द एण्ड कम्पनि प्रालिले नँया पल्सर एन १५० सार्वजनिक गरेको छ । दैनिक आवतजावत र रमाइलो तथा सवै उमेर समुहका लागि उचित यो वाइक उत्कृष्ट डिजाइनका साथ बजारमा ल्याएको हो । बालेण्ड पावर थिममा ल्याएको पल्सर एन १५० मा ब्लुटुथ कनेक्सिभिटिज सहितको डिजिटल कन्सोल, युएसबी चार्जिङ पोर्ट एफआई सिस्तम रहेको छ ।
    यसले १४.५ पिएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्ने १४९.६८ सि.सि इन्जिनलाई ५५ किलोमिटर सम्मको प्रभावशाली माइलेज दिने भनि यस कम्पनिको दावी छ । बाइकमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एबीएस ब्रेकिङ्ग सिस्टम, ट्युबलेस टायर सहित १७ इन्चको मिश्र धातुको पाङग्रा र धेरै उन्नत डिजिटल कम्पोनेन्टहरु यो एन १५० रहेको यस ग्लोवल अटोमोटिभ्स् प्रा.लि गुलरिया बजाज शोरुमका सेल्स मेनेजर अमन चौधरीले बताउनु भएको छ ।


    कम्पनिका अनुसार १४५ के.जी कर्ब तौल र १४ लिटर इन्धन क्षमता भएको फिउल टेङक सहित पल्सर एन १५० ले स्थिर र आरामदायी सवारी गराउने प्रतिज्ञा गरेको छ । हाल नेपाली बजारमा एन १५० को मुल्य रु ३५९९०० रहेको छ । आफ्नो सेगमेन्ट र उत्कृष्ट विशेषतामा अन्य कम्पनि भन्दा धेरै नै कम मुल्य रहेको कम्पनीको दावी छ । साथै तपाई आफ्नो बाइक एक्सचेन्ज गर्ने सोच्दै हुनुहुन्छ भने यहि सप्ताह अषाढ २ देखि ७ गते सम्म विभिन्न विशेषताका साथ एक्सचेन्ज अफर पनि चलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology