(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा पहिलो पटक प्रफेक्ट जुम्बा स्टुडियो संचालनमा

  • सगरमाथा गन्तब्य
  • 15.3K
    SHARES

    नेपालगन्ज : जुम्बा प्रति युवायुवतीको आकर्षण बढ्दै गएको हुनाले जुम्बा क्लबको आवश्यक महसुस गरेर जुम्बा क्लवको स्थापना नेपालगन्जमा भएको छ । आइतवार एक कार्यक्रमका विच नेपालगन्ज मै पहिलो पटक तालिम प्राप्त प्रशिक्षकद्धारा प्रफेक्ट जुम्बा स्टुडियो संचालनमा ल्याएको हो ।
    जिल्ला मै पहिलो परफेक्ट जुम्बा स्टुडियोका रुपमा संचालन भएको प्रशिक्षक तथा संचालक ज्याकी बुढाक्षेत्रीले बताउनुभयो । नेपालगञ्जमा हालसम्म जुम्बा सिकाउने ठाउँ नभएकोले जुम्बा स्टुडियो संचालनमा ल्याएको संचालक बुढाक्षेत्रीले जानकारी दिनुभयो । जुम्बा ट्रेनिङ्ग सेन्टरको नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाहले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो ।
    बुढाक्षेत्रीले १८ वर्षदेखि जुम्बा सिकाउँदै आउनुभएको छ । करिब ६ वर्ष भारतमा बसेर बुढाक्षेत्रीले जुम्बा सिक्नुभएको उहाँले बताउनुभयो ।
    नेपालगञ्जको वेष्ट्रर्न मार्टको भवनमा संचालनमा आएको स्टुडियोमा एकदमै सुपथ मुल्यमा जुम्बा, डान्सिङ्ग, मेडिटेशन, हिलिङ्ग पावर र योगा क्लास संचालन गरिने संचालक बुढाक्षेत्रीले जानकारी दिनुभयो । हरेक दिन विहान ६ बजेदेखि ११ बजेसम्म र साँझा ४ बजेदेखि ९ बजेसम्म क्लास संचालन गरिने संचालक बुढाक्षेत्रीले बताउनुभयो । ्सिक्न चाहने प्रशिक्षार्थीलाई विशेष अफरसहित मासिक २ हजार फि रहेको छ यस्तै ३ महिनाको ५ हजार, १ बर्षको १६ हजार फि शुल्क कायम गरिएको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology