(Wednesday 28th of October 2026)
`

बाँकेमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    जानकी (बाँके),  विश्व वातावरण दिवसको अवसरमा बाँकेमा वृक्षारोपण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका ८ स्थित शितल छायाँ सामुदायिक वनमा बुधबार डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत अजित कुमार कर्णको नेतृत्वमा वृक्षा रोपण गरिएको हो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले वन, वातावरण र पर्यावरणका लागि वन वातावरण दिवसको दिनलाई मात्र पर्खन नपर्ने बताउनुभयो । उहाँले वन पर्यावरण संरक्षण गर्न सके मात्र मानव र अन्य प्रजातिको अस्तित्व कायम रहेन धारणा राख्नुभयो । जीविकोपार्जनका लागि वनमा निर्भर हुनु पर्ने भएको हँदा वन संरक्षणका लागि सबैको सहयोग र उत्तरदायित्वका साथै जिम्मेवारीको आवश्यकता रहेको बताउनुभयो ।
    सोही कार्यक्रममा डिभिजनल वन अधिकृत कर्णले चुरे संरक्षण गर्न सके मात्र वन संरक्षण हुने बताउनुभयो । चुरे संरक्षणमा सबैले सहयोग गर्न उहाँले जोड दिनुभयो । उहाँका अनुसार अहिले बढ्दै गई रहेको तापक्रमको मुख्य कारण चुरे संरक्षणमा ध्यान नदिनु हो । उहाँले भन्नुभयो चुरे संरक्षण गर्न सके पानी सिञ्चित भई बोट बिरुवा र रुख सम्म पुग्नेछ । जस्ले वातावारण हराभरा राख्नमा मद्यत गर्नेछ । बाँकेलाई हरियाली बनाउन सबै एक जुट हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
    कार्यत्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले आफ्नो पालिकामा विभिन्न प्रजातिका बोट विरुवा प्रत्येक घरमा लगाएको जानकारी दिंदै जनतालाई एक घर एक विरुवाको सन्देशले वातावरण प्रति सजग गरएको बताउनुभयो । यसका साथै उहाँले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले दुबैको सह अस्तित्वको रक्षा गर्नु पर्नेमा जोड दिनुभयो । विश्व वातावरणको दिवस अवसरमा गरिएको उक्त वृक्षा रोपण कार्यक्रममा साल, सिसौं, विभिन्न प्रजातिका फलफुलका बोट, नीमको बोट गरी सय वटा विरुवा रोपिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघ सस्थाका प्रतिनीधिहरुको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology