नेपालगंञ्ज – नेपालगंञ्ज उपमहानगरपालीकालाई सफा र सुन्दर बनाउनका लागी अभियान्ताहरुले विभिन्न किसिमका कार्यक्रमहरु गरिरहेका छन् । नेपाल घर बहाल उपभोक्ता मन्च बाँके र स्थानीय सरकारको सहकार्यमा शनिवार नेपालगन्जमा बृहत सरसफाई कार्यक्रम भएको छ ।
‘नेपालगंञ्ज उपमहानगरपालीकालाई सफा र व्यबस्थित सहर हाम्रो परिकल्पना’ भन्ने नारालाई सफल पार्न सररफाई अभियान सुरु गरेको इकाई समितिको सचिव दिपक चन्दले जानकारी दिनुभएको छ । नेपाल घर बहाल उपभोक्ता मन्च बाँकेको अध्यक्ष शुसिलाश्री बिकका अनुसार नेपालगंजको भानुभक्त चोक देखि बागेश्वरी मन्दिरसम्म सरसफाई गरिएको र प्रत्येक महिनाको शनिवारमा नेपालगंञ्जका विभिन्न स्थान तोकेर सरसफाई कार्यक्रम गदै आएका छौ, वि.कले भनिन दिगो विकासको लक्ष्य पुरा गर्नका लागी पनि सरसफाइ अभियान अपरिहार्य हुने भन्दै अब नयाँ तरिकाबाट उपमहानगरपालीकालाई पूर्ण सरसफाईयुक्त बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।
बाटोघाटो बनाउनु मात्र विकास होइन, सरसफाई पनि अपरिहार्य छ, वि.कले भनिन सरसफाइ जिल्लाको प्रतिष्ठा र गौरवसँग पनि जोडिएको विषय भएकाले यसलाई निरन्तरता दिनुपर्ने र हामी सरसफाई अभियानमा सक्रियतापूर्वक लागेका छौ ।
स्थानीय तथा प्रदेश सरकारका साथसाथै सबै सरोकारवालाहरू मिलेर सरसफाइ अभियान सञ्चालन गर्नुपर्छ । ‘मानव जीवनका लागि सरसफाइ अपरिहार्य छ’ ‘यो हाम्रो स्वास्थ्य र सभ्यतासँग पनि जोडिएको विषय हो । सबै मिलेर स्वच्छ र सरसफाईयुक्त उपमहानगरपालीका बनाउन लाग्नु जरुरी छ । हामी यस सरसफाई कार्यक्रमलाई निरन्तरता दिने छौ ।
