नेपालगन्ज : गुड न्यु आइटिसी स्किन केयर एन्ड मेकप स्डुडियोले आफ्नो नया“ शाखा खोलेको छ । नेपाल पत्रकार महासंघ बा“केका अध्यक्ष दामोदर भण्डारीले रिबन काटेर उत्तः स्टुडियोको उदघाटन गर्नु भयो । नेपालगन्जको सेतु बिक चोकमा रहि बिगत छ बर्ष सेवा दिदै आइरहेको गुड न्यु आइटिसीले शुक्रवार आफ्नो दोस्रो शाखा वेष्टर्न मार्टको ग्राउन्ड फ्लोरमा खोलेको हो ।
स्किन केयर हेयर केयरसंगसंगै सौन्दर्य सम्बन्धी सबै सुबिधा ग्राहकको रोजाईलाई मध्यनजर गरेको स्टुडियोका संचालिका गिता भण्डारीले बताइन । ग्राहकको चाहना अनुसारको अहिलेको शाख रहेको उनको दाबी छ । सौन्दर्यको सुबिधा संगसंगै गुड न्यु आइटिसीले सौन्दर्य पेशा अगालेर नेपाल मै केही गर्ने वा सीप सिकेर बाहिर जाने धेरैलाई तालिम प्रदान गरि रोजगारीको ब्यबस्था गरिरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष करुणा शाह, समाजसेबि रचना श्रेष्ठ, बुद्धिजिवी, व्युटिसियन, व्यवसायी, उद्योगी, पत्रकार लगायतको उपत्स्थिती रहेको थियो ।
