काठमाडौं। वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँशहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु लिइरहेका छन् ।
आधुनिक विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आजयहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ ।
“हेल्थ याद आयो” नामकनीजि क्षेत्रको संस्थाले काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं. १४ वाफल स्थित कोहिनर हिलकलोनीमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य परामर्श, परिक्षण तथा ल्याव परिक्षण सेवामा कलोनीभित्र र आसपासका बासिन्दाले पाएकाहुन् ।
विहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा कोलोनीमा बसोवास गर्ने १०७ आवास गृहका करीब ६० प्रतिशत बासिन्दाले विभिन्न किसिमका स्वास्थ्य सेवालिएका थिए भने एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, छालारोग, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवालिएका थिए ।
ललितपुर एकान्त कुना स्थित शोवा हेल्थ केयर सेन्टर र लाइफक्वेष्ट क्लिनिकलल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचापर दन्तरोगको परिक्षण निःशुल्क गरिए ता पनि अत्याधुनिक स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धि रोगको परिक्षण (विश्लेषण सहित), अन्य विभिन्न किसिमका जटिल रोगहरुको लागि रगत तथा पिसाब संकलन र परिक्षणहरु एकदमै तोकिएको दररेट भन्दा कम न्यूनतम शुल्क अर्थात् ६५ प्रतिशतसम्म छुट दिइएको थियो ।
दुई वर्षको बालकदेखि ८३ वर्षका जेष्ठ नागरिकहरुले सेवालिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक लेक्चर दिएका थिए भने “हेल्थयादआयो”का प्रवन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोवाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देश भित्र तथा वाह्यमुलुका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसंग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धिजानकारी दिनुभएको थियो ।
शिविरमा दाँत सम्बन्धि रोगको परिक्षण ३० जनाले लिएभने स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धि रोगको परिक्षण २९ जनाले लिएको शोवा हेल्थ केयर सेन्टरकी बजार प्रवन्धक जस्मी कर्माचार्यले जानकारी दिनुभयो ।
एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवाशुरु गरिएको “हेल्थ याद आयो”का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थएपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवालिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअलचिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताउनु भयो ।
“हेल्थ याद आयो”का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।

उक्त शिविरको पुरै अवधिभर शिविरका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने कोहिनुर हिलकलोनी सञ्चालक समितिका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिक र नेपाल टेलिभीजनका पूर्व वरिष्ठ पत्रकार अच्युत अधिकारी, समितिकाउपाध्यक्ष सुरेश शाक्य लगायत अग्रजहरुको सहभागिता रहेको थियो ।
शिविरमा“हेल्थ याद आयो”को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष श्रेष्ठ र सिमन प्रसाद लगायतले रगत संकलन तथा परामर्श सेवा दिएकाथिए । सहकार्य गर्ने शोवा हेल्थ केयर सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. स्वीकृति सुवेदी, सानु तामाङ, आर्या चित्रकार र रचना सिलवालले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिनुभएको थियो भने लाइफक्वेष्ट क्लिनिकल ल्यावका विशाल नेपाल र ल्याव असिष्टेन्ट सविना रावलले रगत संकलन र परिक्षण सेवा उपलब्ध गराएका थिए ।
