(Wednesday 28th of October 2026)
`

नेबि संघले खजुरालाई बुझायो ज्ञापन पत्र

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    बाँके : नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य असलम भाँटको नेतृत्वमा १७ बुंदे माग सहित खजुरा गाउँपालिकाका प्रशासकिय अधिकृत बस बहादुर राना लाई नेबि संघले ज्ञापन पत्र बुझाएको छ ।

    नेबि संघको ५५ औं स्थापना दिवसको अवसरमा विद्यार्थी हरुलाई गुणस्तरीय तथा निशुल्क शिक्षा लगायत बिभिन्न १७ बुंदे माग सहित देशको ७५३ वटै स्थानीय सरकारलाई एकैदिनमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकालाई नेबि संघ कृषि स्रोत ब्यवस्थापन कलेजका पुर्व ईकाई सभापति तपराज भट्ट इकाई कमिटीका सदस्य हरुको सहभागितामा ज्ञापनपत्र बुझाएको केन्द्रिय प्रतिनिधि भांटले बताए ।

    सरकारको नीति कार्यक्रम भित्र रहेर स्थानीय सरकारले गर्न सक्ने शिक्षा निती निर्माणहरुमा यी जायज मागहरु सम्बोधनका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धताका साथ प्रशासकीय अधिकृत बस बहादुर रानाले ज्ञापन पत्र बुझेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology