(Wednesday 28th of October 2026)
`

अबैध रुपमा लैजादै गरेको चुरोट बरामद

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट बरामद गरेको प्रहरीले जनाएको छ । उक्त चुरोट अन्दाजी मुल्य एक लाख अन्ठाउन्न हजार सात सय बिस रुपैया बराबरको रहेको जनाईएको छ । अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले फेला पारी ढुवानीमा संलग्न ३ जना व्यक्ति सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology