आशा परियार नेपालगन्ज : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आयोजनामा नेपालगन्जमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ । सोमवार कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला शिक्षा समन्वय ईकाई समिती बाँके तथा राष्ट्रिय परिक्षा बोर्ड कोहलपुरका प्रमुख रामसुरेश यादवले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथी यादबले दक्ष, सक्षम र सभ्य नागरिक बन्न शैक्षिक सँगसँगै अतिरिक्त क्रियाकलापको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । “बिद्यालयको शैक्षिक उद्देश्य भनेकै बिद्यार्थीको सहज तरिकाले जिवन यापनमा सक्ने किसिमको सिप, बैज्ञानिक सोचाई, नेतित्व बिकास लगायतका क्रियाकलापलाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा प्रदान होे” उहाँले भन्नुभयो । बिद्यार्थीलाई पाठ्यपुस्तक मात्रै घोक्न लगाएर नभई अतिरिक्त क्रियाकलाप र सामाजिक क्षेत्रमा पनि जोड दिएर विद्यार्थीलाई अध्यापन गराउनपर्ने उहाँको भनाई थियो ।
अतिरिक्त क्रियाकलापले बालबालिकाको प्रतिभा प्रस्फुटन गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लले बताउनुभयो । विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप कार्यक्रम आयोजना गरिएको बताउदै बालबालिकामा व्यक्तिपिच्छे क्षमता फरक–फरक रहेकाले क्षमता पहिचान गरी वृद्धि विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
अतिरिक्त क्रियाकलाप कार्यक्रम प्रतियोगितामा विभिन्न विधाका खेल सञ्चालन गरिएको होप इन्टरनेशनल एकेडेमी संचालक समिती अध्यक्ष सुरेश कुमार गौतमले बताउनुभएको छ । अतिरिक्त क्रियाकलाप प्रतियोगितामा बाँकेका बिभिन्न बिद्यालयको बिद्यार्थीहरुद्धारा फुटसल, राइम्स, सांगीतीक कुर्सी दौड प्रतियोगिता, बुद्धिचाल ‘चेस’ प्रतियोगिता, सचेतनामुलक नाटक लगायत क्रियाकलाप गरिएको उहाँले जानकारी गराउनुभयो ।

‘फुटसल प्रतियोगितामा ’प्रथम हिमालय मा.बी, द्धितीय वसन नि.मा.बी खजुरा, तृतीय लिटिल प्mलावर बिद्यालय बैजनाथ, सचेतनामुलक नाटकमा प्रथम ब्राईट होप एकेडेमी नेपालगन्ज, द्धितीय हिमालय मा.बी, तृतीय होप इन्टरनेशनल एकेडेमी रहेको छ ।
राइम्स प्रतियोगिताको प्रथम भेरी फ्युचर बिद्यालय, द्धितीय हिमालय मा.बी, तृतीय होप इन्टरनेशनल एकेडेमी रहेको छ । सांगीतीक कुर्सी दौड प्रतियोगितामा प्रथम जेनिथ बिद्यालय खजुरा, द्धितीय होप इन्टरनेशनल एकेडेमी, तृतीय बाँके गोल्डेन फ्युचर बिद्यालय रहेको छ ।
बुद्धिचाल ‘चेस’ प्रतियोगिता पञ्चमुखी इमी सेकेन्डरी स्कुल कोहलपुर, द्धितीय फुलबारी एजुकेशनल एकेडेमी, तृतीय ब्राईट होप एकेडेमी स्कुल रहेको छ । हाजिरी जवाफ प्रतियोगीता प्रथम पञ्चमुखी इमी सेकेन्डरी स्कुल, द्धितीय दिव्या विद्या सदन, तृतीय हिमालय मा.बी रहेको छ ।
यस्तै कार्यक्रममा नेशनल प्याब्सनको केन्द्रिय सदस्य कुवेर बस्नेत, बामदेव न्यौपाने, श्याम कुवँर, प्रदेश कोषाध्यक्ष कमल प्रसाईको सक्रिय सहभागीता रहेको थियो भने कार्यक्रम संचालन नेशनल प्याब्सन बाँकेका सचिब बेगम चन्दले गर्नुभएको थियो । उक्त कार्यक्रममा बाँकेका ४५ वटा बिद्यालयको सहभागीता रहेको थियो ।

